Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

प्रदेश सरकारले पूल र बाटो बनाइदिएपछि सजिलो बन्दै उदयपुरको जनजीवन

  • उपहार न्यूज
  • सोमबार, असार ४ २०८१
प्रदेश सरकारले पूल र बाटो बनाइदिएपछि सजिलो बन्दै उदयपुरको जनजीवन

विश्वराज तामाङ
उदयपुर
जेठ ३२ गते जेठको अन्तिम दिन,त्रियुगा नगरपालिका ५ का वडाअध्यक्ष उद्धव थापा आफ्नो घर श्रीपुरबाट वडा कार्यालय देउरी तर्फ जादै गर्दा देउरीपूलमा भेटिए । वारी श्रीपुर भलुवाईबाट पारी पट्टि देखिएको देउरी तर्फ लम्किरहेका थिए ।
दुई बर्ष अघि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरी र श्रीपुर जोड्ने देउरी खोला पुल निर्माण भए पछि वडाध्यक्ष थापा लाई मात्र होइन खोला पारीका श्रीपुर, दमौती, भलुवाई लगायतका क्षेत्रका ९ सय घर परिवारलाई राहत मिलेको छ ।एउटै वडा भए पनि बर्खाको समयमा देउरी खोलामा बाढी आउदा आवात जावतको समस्या भोग्दै आएका थिए । “पुल नहुदाँ देउरी खोलामा बर्खाको समयमा आएको बाढीले सुत्केरी अन्य विरामीहरुलाई एम्बुलेन्स मार्फत अस्पताल पु¥याउन अवरोध गर्दथ्यो, स्कुल कलेज जानको लागि विद्यार्थीले सास्ती भोग्नु परेको थियो” स्थानीय किरण ढुंगाना स्मरण गर्छन ।अहिले स्थानीयको जनजीवन सहज बनेको छ ।
पुलले जोड्दै उदयपुरका गाउँहरु
उदयपुरको देउरीमा प्रदेश सरकारको सहयोगमा निर्माण भएको देउरी खोला पुल ९ भदौ २०७९ बाट संचालनमा आयो । प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय पूर्वाधार विकास कार्यालय उदयपुर मार्फत २०७७ जेठ २ गते ठेक्का सम्झौता भई २०७८ चैत २१ मा पुल निर्माण भएको थियो । प्रादेशिक सडक पुल सहयोग इकाइ इटहरीको प्राविधिक सहयोगमा ४ करोड ३४ लाख ६४ हजार दुुई सय ५२ रुपैयामा ठेक्का सम्झौताभई निर्माण भएको पुलको २०७९ भदौ ९ गते तत्कालिन सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले उद्घाटन गरेका थिए ।
एउटै वडा भए पनि पुल नबन्दा बर्खायाममा सास्ती भोग्दै आएका स्थायिनहरु यतिवेला खुसी भएको त्रियुगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष उद्धब थापा बताउछन् ।


त्रियुगा नगरपालिकाकै वडा नम्बर २ खैजनपुर र १२ नम्बर वडाको बिसनपुर जोड्ने गरी त्रियुगा नदिमा पुल बनेको छ । २०७९ भाद्र १५ गते शिलन्यास गरिएको झोलुङे पुल निर्माण सम्पन्न भएको हो ।
शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभाग सस्पेन्सन बृज डिभिजनले निर्माण गरेको पुल तत्कालिन परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिलान्यास गर्नुभएको थियो । त्रियुगा नगरपालिका वडा नम्बर १, २ र ३ नम्बर वडालाई गाईघाट बजार सम्म आवत जावत गर्न सहजताको लागि त्रियुगा नदिमा झोलुङे पुल निर्माण भएको हो ।अनुसमान रुविना जेभिले ६ करोड ७९ लाख ९९ हजार तीन सय ५६ रुपैया १३ पैसामा निर्माणको जिम्मा लिएर समयमै निर्माण भएको पुल निर्माण भए पछि । दुई हजार दुई १२ घरधुरीका १० हजार २ सय १८ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।
बर्खायाम लागे संगै त्रियुगा नदिमा बाढी आउदा त्रियुगा नगरपालिका वडा नम्बर १, २ र ३ का नागरिक प्राकृतिक नाकाबन्दीमा पर्ने गर्दथे । सदरमुकाम सम्मको सिधा यातायातको आवतजावत समस्या भोग्नु पथ्र्यो पुल निर्माण भए पछि सहजता भएको स्थानीय उदय कार्की बताउछन् ।
गत चैत १९ गते उदयपुरको कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने गरी वैधनाथ खोलामा पक्की पुल निर्माण सम्पन्न भयो । सम्झौता बमोजिम निर्माणको लागि २०८१ पौष ७ गते सम्म अवधि भए पनि सम्झौता अवधि भन्दा ९ महिना अघिनै पुल निर्माण सम्पन्न भए पछि कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री केदार कार्कीले पुलको उद्घाटन गरेका थिए ।
मदनभण्डारी राजमार्गको कटारी नगरपालिका ६ सोमबारे र कटारी नगरपालिका ७ रिस्कु जोड्ने वैद्यनाथ खोलामा पक्की पुल निर्माण भए पछि कटारी नगरपालिकाको दुई वटा वडा मात्रै नभएर उदयपुरको उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका र विशेषगरी उदयपुरको पश्चिमी क्षेत्रका ग्रामीण भेगका स्थानिय नागरिकरलाई राजमार्ग सम्म जोड्ने काम गरेको छ ।
वैद्यनाथ खोलामा पक्की पुल निर्माण नहुदाँ आवतजावतमा समस्या भोग्दै आएका सो क्षेत्रका स्थानीयले अब भने राहतको सास फेर्न पाएको कटारी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुविन ढुंगाना बताउछन् ।
केएम इन्जिनियर विल्डर्स प्रा.लि काठमाण्डौले निर्माणको जिम्मा पाएको उक्त पुल प्रिस्ट्रेड आरसीसी प्रविधिको पुल ८४.२० मिटर लम्वाई र ८.४० मिटर चौडाई क्यारिज वे ६ मिटर फुटपाथ चौडाइ १.२० को निर्माण भएको छ ।सो पुल मुल्य अभिवृद्धि कर सहित कुल १४ करोड ९४ लाख ७३ हजार एक सय रुपैया ९८ पैसाको सम्झौता बमोजिम पुल निर्माण कार्य सम्पन्न भएको हो ।
प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुर मार्फत त्रियुगा नगरपालिका वडा नम्बर ७ को तोरीबारीमा त्रियुगा नदिमा ८३.२० मिटर लामो प्रिस्टेड पुल निर्माणको ७० प्रतिशत काम सकिएको छ । १३ करोड ११ लाख ६५ हजार ४४ रुपैयामा वाईएसएस निर्माण प्रा.लि विरेन्द्रनगर सुर्खेतले निर्माण गरीरहेको पुल केहि महिना भित्र संचालनमा आउनेछ ।
पुल संचालनमा आउदा झोलुङेपुल मार्फत यात्रा गर्ने स्थानीयले सवारी साधन सहित आवतजावत गर्न सहजता मिल्ने छ । त्रियुगा नगरपालिका संगै छिमेकी उदयपुरगढी गाउँपालिकालाई समेत सो पुलले राहत दिने छ । पूर्वाधार विकास कार्यालय उदयपुरको कार्य क्षेत्र रहेको खोटाङ र उदयपुरमा गरी पछिल्लो ५ बर्ष यता १० वटा मोटरेवल र २७ वटा झोलुङे पुलनिर्माण गरेको डिभिजन इन्जिनियर ललित चौधरीले बताउनु भयो ।
सडक बन्दै उत्साह थपिदै
उदयपुरको पश्चिमी ताप्ली गाउँपालिकाको नुनथला देखि पालिका केन्द्र रुपाटार सम्मको सडक नाली सहित स्तरउन्नती भएको छ । १० बर्ष अघि तत्कालिन अर्थमन्त्री रामशरण महतको समयमा एक निर्वाचन क्षेत्र एक पूर्वाधार विकास कार्यक्रमबाट बहुबर्षिय योजनामा समावेश उक्त सडक खण्ड निर्माणले गति लिएको थियो ।
मुलुक संघीय संरचनामा गए संगै प्रदेश सरकार मार्फत बहुबर्षीय योजना अन्तर्गत हाल नुनथला देखि रुपाटर सम्मको १८ किलोमिटर सडक चौडा तथा सडक नाली बने पछि बर्षभरी यातायात संचालनमा आएको छ ।
बर्खाको समयमा पहिरो जादाँ महिनौ दिन सम्म पनि सडक संचालनमा नआउदाँ स्थानीयले प्राकृतिक नाकाबन्दीको सामना गर्नु परेको थियो । महिनौ दिन सम्म पनि सडक संचालनमा नआउदाँ खाद्यन्न संकट आए पछि २०७५ सालमा हेलीकप्टरबाट स्थानमा खाद्यन्न ढुवानी गरिएको थियो ।


यतिवेला त्यस क्षेत्रका नागरिकले सामान्य पहिरो समस्या बाहेक १२ महिनानै सडक संचालनमा आउदा सहजकता महसुस गरेका छन् । तत्कालिन समयमा ताप्ली नुनथला–रुपाटार–ठानागाउँ–बासबोटे सम्मको ३५ किलोमिटर स्तरउन्नती तथा सडक ट्रयाक खोल्ने काम भए संगै बहुबर्षीय सडक योजनाले प्राथमिता पाए तत्कालिनउपभोक्ता समितिकाअध्यक्ष तथाहालजिल्ला समन्वय समितिउदयपुरका उपप्रमुख तेज प्रसाद गिरी बताउछन् ।
नुनथला देखि ताप्लीगाउँपालिका केन्द्र रुपाटार सम्मको सडक नाली सहितनिर्माण भएको छ । पछिल्लो समय प्रदेश सरकारको तीन करोड लागतमा रुपाटार भालुढुंगा हुदै रामपुर सम्मको सडक नालीखन्ने काम भैरहेको छ ।
ग्रामिण क्षेत्र होस् या शहरी क्षेत्र ठूला पूर्वाधारका आयोजनाहोस् या साना,उदयपुरमाप्रदेश सरकारको सहयोगमापूर्वाधार क्षेत्रले गतिलिएको जिल्ला समन्वय समितिकाउपप्रमुख तेज प्रसाद गिरीको भनाई छ ।
प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत उदयपुर र खोटाङमा पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यालय उदयपुरबाट स्थानीय नदि खोलामा मोटरेवल पुल, सडक कालोपत्रे, ग्रामीण सडकको स्तरउन्नती, नयाँ सडक ट्रयाक खोल्ने, झोलुङे पुल निर्माणले तिब्रता पाएको पूर्वाधार विकास कार्यालय उदयपुरका डिभिजन इन्जिनियर ललितचौधरीले बताउनुभयो ।
पछिल्लो ५ बर्षमा उदयपुर र खोटाङ जिल्लाका विभिन्न स्थानमा गरेर १४.८० किलोमिटर सडक कालोपत्रे तथा ४२.२० किलोमिटर नयाँ सडक ट्रयाक खोल्ने कमभएको पूर्वाधार विकास कार्यालय उदयपुरका इन्जिनियर मनोजकुमार ठाकुरले बताउनु भयो ।
उदयपुरमा पूर्वाधार विकासकालागि प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०७७/०७८ मा ५६ करोड ४९ लाख २९ हजार ८ सय २८ रुपैया, आर्थिक बर्ष २०७८/०७९ मा७७ करोड एक लाख छ हजार चार सय ९७ रुपैया र आर्थिक बर्ष २०७९/०८० मा७८ करोड ८० लाख७६ हजार चार सय ६१ रुपैया खर्च भएको पूर्वाधार विकास कार्यालय उदयपुरका लेखा अधिकृत रिपुमर्दन खड्काले बताउनु भयो ।
उदयपुरमा प्रदेश सरकारको लागतमा पूर्वाधार क्षेत्रमा गरिएको खर्च र विकास निर्माणको गतिलाई हेर्दा उत्साहजनक पाईएको रौतामार्ई गाउँपालिका ७ उदयपुरका हरि बहादुर आलेमगरको बुझाई रहेको छ ।
सडक र पूल निर्माणमा प्रदेश सरकारको नीति तथा काम
उदयपुर सहित प्रदेशका सबै जिल्लामा प्रदेश सरकारले पूर्वाधार निर्माणमा सडक र पूललाई प्राथमिकतामा राखेको मुख्यमन्त्री हिक्मत कार्कीको भनाई छ । कोशी प्रदेशको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ्गल्हामु गाउपालिका. र संखुवासभाको भोटखोला गाँउपालिका बाहेक सबै स्थानीय तहको केन्द्रसम्म सडक पहुँच पुगेको उहाँले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि निर्माण सुरु गरेका ७८ वटा बहुवर्षीय प्रादेशिक सडकमध्ये २२ वटा सम्पन्न भएका छन्। निर्माण सम्पन्न बहुवर्षीय सडकको २सय ९८ किलो मिटर सहित जम्मा पाँच सय २८ किलो मिटर सडक कालोपत्रे भएको छ । ज्ञ हजार द्द सय छ१२सय ५७ किलो मिटर ग्राभेल,११सय ०२ किलोमिटर कच्ची सडक र मर्मत तथा ट्रयाक ओपन सहित जम्मा ४ हजार ३ सय ७७ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको छ। यस अवधिमा ८० वटा मोटरेवल पुल र १सय८४ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको मन्त्री रानाले जनाउनुभयो ।
उदयपुरको प्रदेश सरकार सँग अपेक्षाः ग्रामिण सडकलाई प्राथमिकता
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले एकै पुस्तामा गाउँलाई समृद्ध बनाउने महाअभियान भनेर २५ मंसीर २०८० मा घोषणा ग¥यो । तामझामका साथ गरिएको घोषणासभा लिम्चुङबुङ गाउँपालिकामा हाल सम्म भएको कार्यक्रमहरु मध्येकै सबै भन्दा धेरै जनमास उतारेर गरिएको कार्यक्रम थियो ।
गाउँलाई समृद्ध बनाउनको लागि गरिएको घोषणालाई लिएर विभिन्न कोणबाट बहस भए पनि सो घोषणाको एउटै मात्रै उद्देश्य भनेको ग्रामीण क्षेत्रमा पूर्वाधार विकासनै थियो ।
लिम्चुङबुङ गाउँपालिकाले पर्यटन र कृषिबाट गाउँपालिकालाई समृद्ध बनाउन सकिने निष्कर्श निकाल्दै आफ्ना नीति तथा कार्यक्रमहरु संचालन गर्दै आएको छ । तर सदरमुकाम सम्म जोडिने सडक गतिलो नहुदाँ पालिकाले अघि सारेका पर्यटन र कृषि ओझेलमा पर्ने देखिए पछि गाउँपालिकाले आन्दोलनको रुपमा महाअभियान घोषणा गरेर राज्यसंग अधिकार मागेको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई बताउनुहुन्छ ।
लिम्चुङबुङ गाउँपालिका सम्म पुग्नको लागि सदरमुकाम गाईघाट रौतामाई गाउँपालिकाको भुगोल हुदै त्यहाँ सम्म पुग्नका लागि ६८ किलोमिटर दुरी छ । त्यहाँ सम्म पुग्ने सडक हिउदमा जसोतसो चले पनि बर्खायाममा भने कष्टकर यात्रा गर्नु पर्ने अबस्था छ । २०७५ सालमा एक साता सम्म अविरल बर्षा हुदाँ लिम्चुङबासीले प्राकृतिक नाकाबन्दीकै सामना गर्नु परेको थियो ।
लिम्चुङबुङले पर्यटन मार्फत जोड्न खोजेको अर्को गनतव्य भनेको पूर्वको पशुपतिनाथ भनेर चिनिएको त्रिधार्मिक स्थल हलेसी हो । सदरमुकाम गाईघाटबाट लिम्चुङबुङ हुदै हलेसी तराईबाट सबै भन्दा नजिकको दुरीमा पुग्न सकिने भएकाले पनि कालोपत्रे सहितको सडक निर्माणमा गाउँपालिका कस्सिएको छ ।
लिम्चुङबुङ संगै यतिवेला विकट पहाडी गाउँपालिका ताप्ली र रौतामाईले पनि संयुक्तरुपमा विकास माग्नको लागि संघ र प्रदेश सरकारको दैलोदैलोमा पुगेको ताप्ली गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्मा बताउनुहुन्छ ।
उदयपुरका यी तीन पालिकाले संयुक्त रुपमै ग्रामीण सडकको स्थायी विकासको लागि सडकलाई साझा एजेण्डानै बनाएर संघ र प्रदेश धाउदै आएको रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र बहादुर आलेमगर बताउनु हुन्छ ।
उदयपुरमा विशेषगरी ग्राम्रिण सडकहरुको विकास स्थानीयको अ‍ेपक्षा छ । ग्रामीण सडकको विकास र विस्तार नभएको पनि हैन तर दीर्घघालिन विकास हुने किसिमको बजेट प्राप्त नहुदाँ कतिपय ग्रामीण सडकहरु बर्षमा एक सिजन मात्रै संचालन हुने गरेको छ ।
सडक स्तरोन्नती र मर्मतका लागि प्राप्त हुने बजेटले हिउदमा जसो तसो सडक संचालनमा ल्याउन सकिए पनि बर्खायाम सुरु भए पछि जस्ताको त्यस्तै हुने उदयपुरगढी गाउँपालिकाका स्थानिय देव गिरी बताउनु हुन्छ ।

 

Last updated:2024 Jun 17 Monday 13:44:31

प्रतिक्रिया
सम्बन्धित समाचार