Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

त्रियुगा २ को सार्वजनिक सुनुवाई सम्पन्न

  • उपहार न्यूज
  • सोमबार, असार ४ २०८१
त्रियुगा २ को सार्वजनिक सुनुवाई सम्पन्न

उपहार न्यूज
गाईघाट असार ३
त्रियुगा नगरपालिका वडा नम्बर २ को आर्थिक बर्ष २०८०/०८१ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । सुशासन, पारदर्शिता र जवाफदेहिताको लागि वडाले चालु आर्थिक बर्ष अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
सोमबार आयोजित कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष घमानसिंह खत्रीले चालु आर्थिक बर्षमा वडामा संचालन भएका बार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वडा सचिव मनमोहनसिंह थापाले वडामा हाल सम्म संकलन भएको राजश्व तथा घटना दर्ता संबन्धि विवरणको प्रस्तुती राख्नु भएको थियो ।
कार्यक्रमको सहजीकरणको जिम्मेबारी प्राप्त गरेको पानस उदयपुरले तेस्रो पक्षबाट गरिएको नागरिक सर्वेक्षण प्रतिवेदन पानस उदयपुरका सहजकर्ता तथा पत्रकार किरण प्रसाद ढुंगानाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागी स्थानिय नागरिकहरुले वडा संग संबन्धि विभिन्न विकास निर्माणको बिषयमा सुझाब तथा जिज्ञासा राखेका थिए । स्थानियहरुले विशेषगरी संघ, प्रदेश सरकार, विभिन्न सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरुले वडामा संचालन गरिने कार्यक्रम पारदर्शि नहुने गरेको गुनासो व्यक्त गरेका थिए । स्थानिय नागरिक प्रदिप पोख्रेलले संघ, प्रदेश तथा विभिन्न संघ संस्थाहरुले वडामा आएर संचालन गरिएको कार्यक्रमहरुको स्टमेट तथा त्यसको गुणस्तर मापन स्थानिय सरकार र वडाबासीहरुले गर्न पाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले वडामा बिनियोजन भएको विभिन्न शिर्षकका बजेटहरु नगरपालिकामा बजेट अभाव भन्दै योजना काटिदा स्थानिय नागरिकहरु निरास बन्न पुगेको गुनासो व्यक्त गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै वडा सचिव मनमोहनसिंह थापाले वडामा नागरिकमैत्री कार्यलाय संचालनमा आफुहरु प्रतिबद्ध रहेको र आगामी दिनमा पनि नागरिकलाई सहज तरिकाले सेवा दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नागरिकहरुले उठाएको प्रश्न सहि वडा अध्यक्ष घमानसिं खत्रीले वडाको विकासमा आफुहरु प्रतिबद्ध रहेको नागरिक स्तरबाट उठेका प्रश्न तथा जिज्ञासाहरु आफुहरुले गम्भीरताका साथ लिएको बताउनु भयो । उहाँले वडाको समग्र विकासलाई समानुपातिक र समावेशी ढंगबाट संचालन गर्नका लागि वडा कार्यालय तयार रहेको समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Last updated:2024 Jun 17 Monday 11:43:17

प्रतिक्रिया
सम्बन्धित समाचार