Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

ताप्लीको रुपाटार पहिलो बालमैत्री वडा घोषणा

  • उपहार न्यूज
  • शुक्रबार, जेष्ठ २५ २०८१
ताप्लीको रुपाटार पहिलो बालमैत्री वडा घोषणा

उपहार न्यूज
उदयपुर जेठ २५
उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ५ रुपाटारलाई बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार एक समारोहका विच ताप्ली गाउँपालिका वडा नम्बर ५ रुपाटारमा एक समारोहका विच बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री घोषणा गर्न पूर्वका विभिन्न ५१ वटा सूचकहरु पुरा गरे संगै वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिएको ताप्ली गाउँपालिका उदयपुरका उपाध्यक्ष धनमाया मगरले जानकारी दिनु भयो । ताप्ली गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ढुंगाराज विश्वकर्माको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई बालमैत्री घोषणा गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनमाया मगर, जिल्ला समन्वय समितिका उपप्रमुख तेज बहदाुर गिरी, गाउँपालिका प्रमख प्रशासकीय अधिकृत भक्त बहादुर राई, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, अभिभावक, बालबालिका लगायतको वृहत उपस्तिथि रहेको थियो ।
वडा नम्बर ५ लाई नेपालको संविधान ऐन २०७२ तथा स्थानिय सरकार संचामलन ऐन २०७४ बालबालिका संबन्धि ऐन २०७५ दिगो विकास लक्ष्य २०१६ देखि २०३० र बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनिति तथा कार्यान्वयउन कार्यविधि २०६८ बालमैत्री घोषणा कार्यविधि २०७९ तत्पश्चात बालमैत्री स्थानिय कार्यान्वयन निर्देशिका २०७८ बमोजिम वडालाई बालमैत्री घोषणा गरिएको हो । बालमैत्री वडा घोषणा संगै कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै वडामा बालमैत्री घोषणपूर्व पुरा गरिएका सूचकहरुलाई ध्यान दिदै अघि बढिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

Last updated:2024 Jun 07 Friday 14:56:30

प्रतिक्रिया
सम्बन्धित समाचार