उपहार न्यूज
गाईघाट जेठ १५
नेपाल रेडक्रस सोसाईटी उदयपुरद्धारा संचालित रक्त संचार केन्द्र उदयपुरलाई एक थान फ्रिज हस्ताणतरन गरिएको छ । गणतन्त्र दिवशको अबसर पारेर युवा व्यवसायी जनार्दन रेग्मीले रक्त संचार केन्द्रको लागि ब्लड राख्न मिल्ने करिब ६५ हजार बराबरको फ्रिज हस्ताणतरन गर्नु भएको हो । यसै विच रक्तसंचार केन्द्र संचालनको लागि रेडक्रस उदयपुरले एक करोड बराबरको अक्षय कोषको स्थापना गर्ने निर्णय गरे संगै कांग्रेसका नेता सरोजकुमार बस्नेतले एक लाख रुपैया अक्षय कोषको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको रेडक्रस उदयपुरका सभापती मदनराज कटुवालले जानकारी दिनु भयो । रेडक्रस केन्द्र संगै उदयपुर जिल्लामा दुई धारमा रहेको छ । उदयपुरमा विगत लामो समय देखि नेतृत्व गरि रहेको विनोदकुमार बस्नेत नेतृत्वको समितिले आफुहरु आधिकारिक रहेको दाबी छ । केन्द्रको एउटा समुहले मदनराज कटुवाल नेतृत्वको रेडक्रस गठन गरे संगै रेडक्रसमा स्थानिय जनप्रतिनिधिको रोहबरमा ताला फोडेर कटुवाल नेतृत्वको समितिले कार्यालय संचालन गरिरहेको छ । रेडक्रसमा विनोद बस्नेत र मदनराज कटुवाल को आधिकारिक भन्ने विवाद कायमै रहदाँ यो बिषयले अझै किनारा पाउन सकेको छैन ।