Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेपाली कांग्रेसले आयोजना गरेको स्वास्थ्य शिविरमा १२७५ जनाले लिए सेवा

  • उपहार न्यूज
  • मंगलबार, जेष्ठ १५ २०८१
नेपाली कांग्रेसले आयोजना गरेको स्वास्थ्य शिविरमा १२७५ जनाले लिए सेवा

उपहार न्यूज
उदयपुर जेठ १५
नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यसमितिको आयोजनामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १२ सय ७५ जनाले सेवा लिएका छन् । सोमबार देखि सुरु भएको शिविरमा ८९२ महिला र ३८३ जना पुरुष गरी १२ सय ७५ जनाले सेवा लिएको नेपाली कांग्रेसका नेता सरोजकुमार बस्नेतले जानकारी दिनु भयो ।
शिविरमा सहभागी मध्य १२७ जनालाई थप उपचारको लागि ५० प्रतिशत सम्म छुट हुने गरी नोवेल मेडिकल कलेज विराटनगर पठाईने भएको छ ।
स्थानिय नागरिकहरुलाई सुविधा सम्पन्न हस्पिटलका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य सेवा तथा परामर्श दिनको लागि आयोजना गरिएको शिविरको पहिलो दिन सोमबार करिब ७ सयले सेवा लिएको नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा सचिव सन्तोष खड्काले जानकारी दिनु भयो ।
नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका वडा नम्बर १० बालमन्दिर स्थित नवनिर्मित भवनमा आयोजना गरिएका शिविरमा विशेषज्ञ चिकित्सक सहित २७ जनाको टोलीले सेवा दिएको कांग्रेस वडा सभापती डेविट बस्नेतले जानकारी दिनु भयो ।
स्वास्थ्य शिविरमा जेनरल मेडिसियन, प्रसुती तथा स्त्री रोग सेवा, बाल रोग सेवा, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, शल्यक्रिया विभाग, नाक कान घाटि रोग सेवा, दन्त सेवा, आँखा जाच, रेडियोलोजी, मुटुको इसिजि र ल्याव परिक्षण सेवा दिईएको शिविरका समन्वयकर्ता नेपाली कांग्रेस उदयपुर प्रदेश सभा १ (ख) का सभापती सरोजकुमार बस्नेतले जानकारी दिनु भयो ।
दुई दिन सम्म संचालन भएको स्वास्थ्य शिविरको एक समारोहका विच नेपाली कांग्रेसका केन्द्रिय सदस्य लक्ष्मी परियारले उद्घाटन गर्नु भएको थियो । शिविरको उद्घाटनका क्रममा नेपाली कांग्रेस उदयपुरका सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, उपसभापती भिमचन्द्र राई, प्रदेश सभापती सरोजकुमार बस्नेत, त्रियुगा नगर सभापती प्रकास कुमार खड्का, प्रदेश सचिव फिरन खड्का लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रम वडा सभापती डेविट बस्नेतको अध्यक्षता तथा वडा सचिव सन्तोष खड्काकाले संचालन गरेका थिए ।

Last updated:2024 May 28 Tuesday 12:16:09

प्रतिक्रिया
सम्बन्धित समाचार