Upahar News आइतबार, कार्तिक २३ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

कटारी नगर प्रहरीलाई आधारभूत तालिम

  • उपहार न्यूज
  • शनिबार, जेष्ठ १२ २०८१
कटारी नगर प्रहरीलाई आधारभूत तालिम

उदयपुर, जेठ १२ ।
कटारी नगर प्रहरीलाई आधारभूत तालिम दिन सुरु गरिएको छ । कटारी नगरपालिका कार्यरत ७ जना नगर प्रहरीलाई तालिम दिन सुरु गरेको हो । सुरक्षा बेस कटारीमा सशस्त्र प्रहरी बल गाईघाट प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सरोज सिंह बस्नेतको प्रमुख आतिथ्यतामा आधारभूत तालिम सुरु भएको हो ।

उपरीक्षक बस्नेतले नगरपालिका भित्र हुने विभिन्न अवाञ्छनीय गतिविधिलाई प्रत्यक्ष रुपमा निगरानी गरी कानुनको दायरामा ल्याउन नगर प्रहरीको विशेष भूमिका हुने बताए। तालिमले नगर प्रहरी नागरिक मैत्री बन्ने सशक्त माध्यम भएको बताए । विशिष्ठ अतिथि कटारी नगर प्रमुख राजेश चन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, कटारी ३, वडा अध्यक्ष पुष्कर खड्कालगायतको उपस्थितिमा तालिम शुभारम्भ गरिएको हो ।

नगर प्रहरीलाई लगनशील, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन तालिमले मद्दत मिल्ने,तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगर प्रहरीको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने नगर प्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे ।

तालिममा शारीरिक अभ्यास, ड्रिल, हुल तथा दंगा व्यबस्थापन, विपद् व्यवस्थापन मानव अधिकार र प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक कक्षा र अभ्यासहरु सञ्चालन गरिने जनाईएको छ। तालिममा ३ जना प्रशिक्षार्थीले ९ दिन सम्म प्रशिक्षण दिने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार