उपहार न्यूज
उदयपुर बैशाख २०
उदयपुर सदमुकाम गाईघाटको टाउन प्लानिङमा महत्वपूर्ण भुमिका निभाएका डा. रणशेर राईको स्मृतिमा प्रकाशित डा. रणशेर राई स्मृति ग्रन्थको बिहिबार एक कार्यक्रमका विच विमोचन गरिएको छ ।
भारतीय सेनामा भर्ती भएर सेवामा गर्दा गर्दै स्वदेश फर्केर खोटाङ तथा उदयपुरमा स्थानिय नागरिकहरुलाई उपचार गर्दै सामाजिक अभियानमा जोडिएका राईले गाईघाटको टाउन प्लानिङ गर्न व्यवस्थित गर्नका लागि महत्वपूर्ण भुमिका निभाएका थिए ।
राईको स्मृतिमा गठित डा. रणशेर राई स्मृति फाउण्डेशनले कृति प्रकाशनमा ल्याएको हो । २०२३ सालमा गाईघाट बजारको टाउन प्लानिङ समितिका सह सचिव मदनराज बस्नेतले पुस्तकको विमोचन गर्नु भएको हो । कृति विमोचनको क्रममा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, त्रियुगा नगरपालिकाका पूर्व प्रमुख बलदेव चौधरी, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, समाजसेवी तथा कांग्रेस नेता महेन्द्रकुमार राई लगायतले डा. रणशेर राईको स्मृतिमा उहाँको बिषयमा चर्चा गर्नु भएको थियो ।
कृति प्रतिष्ठानका अध्यक्ष महेन्द्र कुमार राईको नेतृत्वमा प्रकाशन भएको हो, कृतिमा स्व. डाक्टर रणशेर राईलाई नजिकबाट बुझ्ने उनका समकालिन तथा उहाँबारे जानकारी राख्ने व्यक्तित्वहरुको लेख रचना पढ्न पाईन्छ । पछिल्लो पुस्तामा स्व. डाक्टर रणशेर राईबारे जानकारी पर्याप्त मात्रामा दिनको लागि यो कृतिले सहयोग पु¥याउने नेकपा एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताउनु भयो । स्व. राईको स्मृतिमा यस अघि पनि विभिन्न स्मारिकाहरु प्रकाशन भै सकेको छ ।