उपहार न्यूज
उदयपुर बैशाख २०
उदयपुरमा पछिल्लो १९ दिनमा जिल्लाभर आगलागीका कारण ३९ घर जलेर नष्ट भएको छ, बैशाख १ देखि १९ गतेको तथ्यांङ अनुसार उदयपुरमा भएको आगलागीको घटनाबाट ३९ घर जलेर नष्ट भएको हो । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बिहिबार आयोजित बैठकमा प्रस्तुत घटना विवरण अनुसार अधिंकास घरहरु सामुदायीक वनमा लागेको डढेलो नियन्त्रणमा लिन नसक्दा आगो घर सम्म आएर घटना भएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा साहक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले प्रस्तुत गर्नु भएको तथ्यांक अनुसार जिल्लाको लिम्चुङबुङ गाउँपालिका १४ घर र १३ गोठ र ८ चौपाया समेत जलेर नष्ट हुदाँ एक करोड ७ लाख ८७ हजारको क्षती भएको जनाइएको छ ।
त्यसैगरी ताप्ली गाउँपालिकामा १३ घर र १७ गोठ १६ खसी बाख्रा जलेर नष्ट भएको छ ताप्लीमा ५६ लाख १३ हजार बराबरको क्षती भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । उदयपुरगढी गाउँपालिकामा यस विचमा ४ घर र ६ गोठ १४ पशु चौपाया जल्दा ४८ लाख ६५ हजार बराबरको क्षती भएको छ, कटारी नगरपालिकामा वनमा लागेको डढेलोलेल करिब एक लाख रुपैया बराबरको पाइपमा क्षती पुगेको छ । चौदण्डिगढी नगरपालिकामा १ गोठमा आगालागीबाट नष्ट हुदाँ एक लाख बराबरको क्षती पुगेको छ । त्यसैगरी बेलका नगरपालिकामा एक फर्ममा आगलागी हुदाँ तीन लाख बराबरको क्षती पुगेको छ ।
यता त्रियुगा नगरपालिकाको दुई फर्ममा आगलागी हुदा एक लाख पचास हजार बराबरको क्षती पुगेको छ । रौतामाई गाउँपालिकामा ८ घर र १० गोठ ७ पशु चौपाया जल्दा ९८ लाख पचास हजार बराबरको क्षती पुगेको छ भने स्थानिय एक घाइते भएका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिलाई प्राप्त घटना विवरण अनुसार बैशाख १९ गते सम्ममा ३९ घर ५० गोठ र ४५ चौपाया जलेर नष्ट हुदाँ जिल्लाभर गरेर कुल तीन करोड १७ लाख ६५ हजार बराबरको क्षती पुगेको छ । यो समाचार तयार गर्दै गर्दा त्रियुगा नगरपालिका वडा नम्बर १३ मा भातीखर्कका स्थानिय जगत बहादुर राईको घर आगालागी भएर नष्ट भएको छ ।
बिहिबार दिउँसो ११ः२० बजेको समयमा अचानक आगलागी भएको थियो । आगलागीबाट राईको काठले बनेको टालिको छाना भएको २ तले घर सहित अन्नपात ,लत्ताकपडा भाँडा बर्तन जली अन्दाजी २ लाख बराबरको क्षति भएको डिएसपी चापागाईले बताए । आगलागीबाट मानवीय तथा चौपायमा क्षति नभएको र प्रहरी ,त्रियुगा न.पा.को दमकल, स्थानीय सहयोगमा आगो दिउँसो १२ बजे पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय उदयपुर जिल्ला अधिकास स्थानमा आगलागीका घटना बढ्न थाले पछि आगलागी तथा संभावित विपद व्यवस्थापनको लागि जिल्ला विपद व्यवस्थापन समितिको बिहिबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा बैठक बसेको छ । बैठकमा पछिल्लो १९ दिनमा जिल्लामा घटेको आगलागीघको घटना र त्यसबाट भएको क्षतीको विवरणको बिषयमा साहयक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले प्रस्तुत गर्नु भएको थियो ।
विपद व्यवस्थापनमा आगालागीका घटना चुनौतीका रुपमा देखा परेकाले यसको नियन्त्रणको लागि कडाईका साथ लाग्नु पर्ने सरोकारवालाहरु एक मत भएका छन् ।
बिहिबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा आयोजित बैठकमा जिल्ला स्थित स्थानिय तहका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बिषयगत कार्यालयका प्रमुख लगायको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले उदयपुर बढ्दो आगलागी नियन्त्रण तथा अन्य विपदका घटनाहरुको पूर्व तयारीको लागि सबै पक्षबाट एक मत भएर लाग्नु पर्ने बताएका थिए । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले सबै मिलेर मात्रै विपदको सामाना तथा नियन्त्रण, न्यूनीकरण गर्न सकिने भएकाले सबै पक्षको साथ सहयोग र समन्वय हुनु पर्ने बताउनु भयो ।