उपहार न्यूज
उदयपुर बैशाख १८
नेपाल पत्रकार महासंघ उदयपुरको १२ औ अधिवेशन तथा १३ औ साधरण सभा मंगलबार सम्पन्न भएको छ । पत्रकार महासंघ उदयपुरको परिसमा मंगलबार विहान आयोजित अधिवेशन तथा साधरण सभामा पत्रकार महासंघ उदयपुरको परिसरमा निर्माण भएको प्रेस स्वतन्त्र स्तम्भको अनावरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले स्तम्भको अनावरण गर्नु भएको हो । पत्रकार महासंघ उदयपुरले अधिवेशन तथा साधरण सभाको अबसर पारेर महासंघका पूर्व अध्यक्ष तथा संस्थापकहरुलाई सम्मान समेत गरेको छ ।
पत्रकार महासंघका पूर्व अध्यक्ष कौशल चेम्जोङ, श्याम राई, इश्वर तामाङ, कुशलबाबु बस्नेत र महेश्वर चाम्लिङलाई सम्मान गरिएको हो । पूर्वअध्यक्षहरुलाई कार्यक्रमका विशिष्ट अतिथि पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बाला अधिकारीले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रमा पत्रकार महासंघको संस्थापकहरु संस्थापक अध्यक्ष ऋतिवर्ण पराजुली, भक्तिविलास पोख्रेल, केदार थापा, धनकुमार श्रेष्ठ, राममणी पोख्रेल, दिल बहादुर तामाङ, लिलाप्रसाद निरौला, बद्रि प्रसाद काफ्लेलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित संस्थापकहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपसभामुख सिर्जना दनुवारले सम्मान पत्र प्रदान गर्नु भएको थियो । महासंघको साधरण सभा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवार, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बाला अधिकारी, केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला अधिवेशन प्रतिनिधि भिषण राई, पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष कौशल चेम्जोङ, उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला हुलाक कार्यालय उदयपुरका प्रमुख हिरालाल खत्री, पत्रकार महास.घ कोशी प्रदेश सदस्य यमन दनुवार, पत्रकार महासंघका उदयपुरका पूर्वअध्यक्ष कुशलबाबु बस्नेत, संस्थापक भक्तिविलास पोख्रेल, सल्लाहकार भोटराज राई, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली लगायतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा पशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यालय उदयपुकार प्रहरी उपरिक्षक रमेश थापा, शसस्त्र प्रहरी गण ५ नम्बर हेड क्वाटरका प्रमुख सरोजसिंह बस्नेत, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रमको उद्घाट शत्रको अध्यक्ष पत्रकार महासंघ उदयपुरका भरत बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाट शत्रलाई उपाध्यक्ष पर्शुराम थापाले स्वागत मनतव्य राख्नु भएको थियो ।
उद्घाटनशत्र लगत्तै महासंघ परिसरमानै भएको बन्दशत्रमा पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष गणेश उप्रेतीको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थिगउो । सचिव र कोषाध्यक्षको प्रतिवेदन माथि आवश्यक सुझाब सहित सर्वसहमतीबाट प्रतिवेदन पास गरिएको थियो । बन्दशत्रलाई अध्यक्ष मण्डलको संयोजक भक्तिविलास पोखरेल सदस्यहरु तुलसी कोइराला, अजयकुमार साह, गजेन्द्र राई, बन्दना दनुवारले संचालन तथा सहजीकरण गर्नु भएको थियो ।