ठविन्द्र मगर
ताप्ली बैशाख ११
ताप्ली गाउँपालिका रुपाटार,उदयपुरलाई आज एक कार्यक्रम आयोजना गरि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । स्थानिय स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्दता भन्ने मूल नारा का साथ पालिकालाई स्वास्थ कार्यालय,उदयपुरको सहयोग तथा ताप्ली गाउँपालिकाको आयोजनामा यस आ।व। को जिल्लाकै तेस्रो स्थानिय तहको रुपमा घोषण गरिएको हो।
गाउँपालिकाको पाँचवटा वडाका २१ वटा खोप केन्द्रहरुमा ० देखि ५९ महिनाका २२४ र १५ देखि ५९ महिनाका ६६७ जना बालबालिकाहरु गरि जम्मा ८९१ बालबालिकाहरुले पूर्ण रुपमा खोपको मात्रा पूरा भएको सुनिश्चित भएको पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयबाट अनुगमन तथा मूल्याङकन भए पश्चात घोषणा कार्यक्रम गरिएको हो ।
पूर्ण खोप शुनिश्चित पालिका घोषणाका लागि सकृय रुपमा खटिईने स्वास्थकर्मी, सामूदायिक महिला स्वयंसेविका साथै अन्य सरोकारवाला निकायहरु प्रती आभार व्यक्त गर्दै जिल्ला जनस्वास्थ्य प्रमुख राम नरेश ठाकुरले आगामी दिनहरुमा पनि यसरी नै लागिरहन अनुरोध गर्दै धन्यवाद ज्ञापन प्रदान गर्नुभयो ।
यस पूर्ण खोप सुनिश्चितता घोषणा कार्यमा आ(आफ्नो क्षेत्रबाट अमूल्य योगदान पुर्याउनुहुने स्वास्थ्य संस्था ,स्वास्थकर्मी र सामूदायिक महिला स्वयंसेविकाहरुलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
त्यसैगरी यसै कार्यक्रमको अवसरमा ४५ जना सामूदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ती रु। पाँच हजार का दरले प्रोत्साहन भत्ता बापतको रकम समेत प्रदान गरिएको छ ।
कार्यक्रमको अवसरमा सामूदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु सामूदायिक कार्यमा अहोरात्र खटिईरहको र उक्त खटाई र जिम्मेवारी अनुसार पारिश्रमिक तथा सम्मानको लागि स्थानीय तह,संघ,प्रदेशबाट थप व्यवस्था साथै पहल हुनुपर्ने भन्दै पालिका स्तरिय सामूदायिक महिला स्वयंसेविकाका संयोजक गङगा कुमारी खड्काले आफ्नो भनाई रख्नु भयो ।
उक्त आयोजित कार्यक्रम पूर्ण खोप समन्वय समिती का संयोजक तथा गाउँपालिका अध्यक्ष श्री ढुङ्गराज बिश्वकर्मा को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनामाया मगरको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि रामनरेश ठाकुर, चिरिन्जिवी निरौला, प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर राई ,स्वास्थ्य चौकी ईन्चार्ज,महिला स्वयंसेविका लगाएत अन्य कर्मचारी तथा प्रतिनिधिहरुको उल्लेख्यिय उपस्थिती रहेको थियो । कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
उहाँको भनाईलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष,वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले हालसम्म नेपाल सरकारले तोकेको सेवा भन्दा फरक ढङ्गबाट स्थानिय तहले सेवा सुबिधा थप्न नमिल्ने तर प्रदेश स्तरबाट निर्देशिका र कार्यबिधी बन्न सकेमा थप सेवा सुबिधा व्यवस्था गर्न सकिने छ । तपाईहरुको कार्य र लगनशिलताप्रती सदैव स्थानिय तहले सम्मान व्यक्त गरिरहने समेत व्यक्त गर्नुभएको छ ।