Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा आगालागीको घटना बढ्यो, ताप्ली र लिम्चुङबुङमा ११ घर जलेर नष्ट

  • उपहार न्यूज
  • बुधबार, बैशाख १२ २०८१
उदयपुरमा आगालागीको घटना बढ्यो, ताप्ली र लिम्चुङबुङमा ११ घर जलेर नष्ट

उपहार न्यूज
उदयपुर बैशाख ११
उदयपुरको लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा आगालागीबाट ११ घर जलेर नष्ट भएको छ । जंगलमा लागेको आगो गाउँ सम्म आईपुग्दा लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ चौलानेका स्थानिय बयान सिंह राई, बल बहादुर राई र कुमार राईको घर जलेर नष्ट भएको छ ।
पूर्ण रुपमा घर जलेर नष्ट भएका पिडितहरुलाई सहयोगको आवश्यक्ता रहेकाले वडा नम्बर ५ का वडाअध्यक्ष कविचन्द्र राईले सहयोगको आव्हान समेत गर्नु भएको छ । त्यसै गरी बुधबार साझ उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर १ ओख्लेको नुनथलामा स्थानिय राम बहादुर मगर, जंग बहादुर मगर, पदम बहादुर मगर र जंग बहादुर मगरको घर जलेर नष्ट भएको छ । जंगलबाट आएको आगो नियन्त्रण भन्दा बाहिर जादाँ स्थानियको घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानिय सरोज हमालले जानकारी दिनु भयो ।
आईतबार मात्रै ताप्ली गाउँपालिका वडा नम्बर २ मा स्थानिय अबिर बहादुर राई, उक्तर बहादुर मगर, जिवन मगर र सुजन मगरको घर जलेर नष्ट भएको थियो ।

Last updated:2024 Apr 24 Wednesday 17:19:32

प्रतिक्रिया
सम्बन्धित समाचार