Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

नेपालमा भरत नाट्य नृत्यसम्बन्धी सिकाई हुँने विद्यालय खोल्ने स्वजन रघुँवंशीको योजना

  • उपहार न्यूज
  • शनिबार, फाल्गुन २६ २०८०
नेपालमा भरत नाट्य नृत्यसम्बन्धी सिकाई हुँने विद्यालय खोल्ने स्वजन रघुँवंशीको योजना

काठमाडौं, फागुन २६ ।
शुक्रबार साँझ काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा अचानक भगवान शिव नाँच्न थालेको देखेर वरपर हजारौँको संख्यामा भेला भएका भक्तजन झुमिए । कतिले साक्षात देवादीदेव महादेव प्रकट भएको लख काँट्दै थिए । कतिले भने मनोरञ्जनका लागि केही व्यक्तिले कृतिम रुप धारण गरेको बताउदै थिए ।
काठमाडौंका स्थानीय ३४ वर्षीय स्वजन रघुँवंशीले पशुपतिमा शिवरात्रीको रमझम साँझ भगवान शिवको रुप धारण गरेर ताण्डव नृत्यु प्रस्तुत गर्दै गर्दाको दृष्य हो यो । नेपालमा पछिल्लो पुस्ताका लागि शिव ताण्डव नृत्यको प्रबर्तकको रुपमा चिनिने स्वजन हरेक वर्ष पशुपतिमा आफ्नो टोलीसहित शिव ताण्डव नृत्य प्रस्तुत गर्दै आएका छन् ।

उनले यो वर्षको शिवरात्रीमा पनि करिब २० मिनेट टिमसहित प्रस्तुती दिएका थिए । उनलाई शिद्धार्थ श्रेष्ठ, पालेन्स्व रघुँवंशी, शुर्वी मगर, बिमला थामी, प्रशान्त सुन्दास, पूणर्ीमा विश्वकर्मा, संगीत थापा र बिनु नेपालीलगायतले नृत्यमा साथ दिएका थिए । ८ वर्षदेखि लगातार पशुपतिमा शिवरात्रीका दिन स्वजनले शिव ताण्डव प्रस्तुत गर्दै आएका छन् । धार्मिक परम्परा र संस्कृतिको जगेणर्ा गर्न नृत्यमार्फत आफू लागी परेको स्वजन बताउछन् ।

शिवरात्रीकै लागि नेपाल आएका उनी भारतीय दूतावासबाट प्राप्त छात्रबृत्तिमार्फत भारतको इन्दीराकला संगीत विश्वविद्यालय खैरागढमा नृत्य विषयमै पीएचडी गर्दैछन् । सो विश्वविद्यालयबाट अध्ययन पूरा गरेपछि भने स्वजन नेपालकै सम्भवत नृत्य बिधा (विषय)का प्रथम पीएचडी होल्डर बन्ने भएका छन् ।

आफूले अध्ययन पूरा गरेर नेपाल फर्कने बित्तकै राजधानीमा नृत्य पाठशाला नै खोल्ने उनको योजना छ । जहाँ नृत्यसम्बन्धी प्रयोगात्मक र बिधीगत अध्ययन गर्न सकिने छ । उनको यो सपनामा जीवन संगीनि प्रमिला श्रेष्ठ रघुँवंशीले पनि उत्तिकै साथ दिएकी छन् । स्वजन पत्नी प्रमिला पनि भारतीय दूतावासको छात्रबृत्तिमार्फत नृत्य विषयमै भारतको बनारसस्थित बनारश हिन्दू युनिभर्सिटीबाट भरत नाट्य नृत्युका लागि मास्टर्स अध्ययनरत हुन् । स्वजनले सन् २०२३ मा नेपाल जेसिजबाट स्वणर् पदकसहित राष्ट्रिय स्तरको उत्कृष्ट युवा प्रतिभा पुरस्कार समेत प्राप्त गरेका थिए ।

राजधानीको पाटन सुन्धारामा क्लासिक कल्चरल सेन्टर नामक प्रशिक्षण केन्द्र संचालन गर्दै आएका स्वजन र प्रमिला दम्पतिले नेपालमा प्राचिन शास्त्रीय नृत्यु ‘भरत नाट्य नृत्य’ संरक्षणका लागि बेला बेला बिभिन्न ठाउँमा पुगेर युगल प्रस्तुती समेत दिदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार