Upahar News आइतबार, साउन १० २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.

उत्पादन बढाउदै उदयपुर सिमेण्ट

  • उपहार न्यूज
  • बिहिबार, भाद्र १९ २०७६
उत्पादन बढाउदै उदयपुर सिमेण्ट

विश्वराज तामाङ
उदयपुर भाद्र १९
चालु आर्थिक बर्षमा उदयपुर सिमेण्ट उद्योगले आफ्नो उत्पादनमा बृद्धि गर्ने भएको छ । अघिल्लो बर्ष २२ लाख ६३ हजार बोरा सिमेण्ट उत्पादन गरेको उदयपुर सिमेण्टले चालु आर्थिक बर्षमा ३२ लाख बोरा उत्पादन गर्ने लक्ष्य राखिएको सिमेण्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले जानकारी दिनु भयो ।
नेपालमा उच्च गुणस्तरको सिमेन्टको बजार,उद्योगको आर्थिक दायित्व,भविष्यमा आउनसक्ने आर्थिक भार तथा चुनौतिहरुको सामना गर्न उत्पादनमा बृध्दि गर्नुको कुनै बिकल्प नभए पछि क्षमता बृध्दि गर्न लागिएको हो ।
हाल सञ्चालन भएकै मेसिनमा नया प्रविभि आरएसपी जडान गरी दैनिक आठसय टन उत्पादन क्षमताबाट चारसय टन क्षमता बृध्दि गरी प्रतिदिन एकहजार दुईसय टन क्षमताको बनाउनकालागि उत्पादन महासाखाका प्रमुख सञ्जयकुमार लाल कर्णको संयोजकत्वमा प्राविधिकहरुको छुट्टै समिति नै बनाएर काम शुरु गरिएको निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभयोे ।
उद्योगमा हाल सञ्चालन भएको किलमा आरएसपी जडान गर्दा त्यसबाट हुने फाईदा र वेफाइदाको बिश्लेषण सहितको कार्यविधि बनाएर विज्ञहरुसमेतको सुझावका आधारमा रोटरी किलको उत्पादन क्षमतामा बृध्दिगरी हालको आठसय टन प्रतिदिनबाट एकहजार दुईसय टन बनाउन लागिएको निमित्त महाप्रबन्धक साहले बताउनुभयोे ।
उद्योगका मेकानिकल विभागका प्रमुख एवं क्षमता बिस्तार समितिका सदस्य टिकाबहादुर कुवरले अव नेपालमा एकहजार टन प्रतिदिन उत्पादन क्षमता नभएका उद्योगहरु सञ्चालनहुन कठिनहुदै गएको र राष्ट्रिय गौरवको यो उदयपुर सिमेन्ट उद्योगलाई समय र प्रविधि अनुसार चलाउन सकिएन भने कुनेपनि वेला उद्योग धराशायी हुनसक्ने निश्चित छ भन्नुभयो ।
किलमा आरएसपी जडान गर्दा प्लाण्टको कुनैपनि ठूलो मेशिन किन्नु नपर्ने,पहिले जडान गरिएका अन्य कुनैपनि मेशिनहरु खोलेर अन्यत्रतिर प्रतिस्थापन गर्नु नपर्ने,पूर्णरुपले डिजिटल प्रणालीमा सञ्चालन हुने भएपनि यसकालागि थप बिद्युतकको आवश्यक्ता नहुने,कोइला खपत कमहुने र क्लिङकरको गुणस्तरमा समेत बृध्दिहुने मेकानिकल विभागका प्रमुख कुवर बताउनुहुन्छ ।
त्यसैगरी किल मिलमा आवश्यक पर्ने तापक्रमको भार कमहुने हुदा त्यसमा लाग्ने ब्रिकको आयुसमेत लम्बिने भन्दै उहाँले भन्नुभयो “यसमा कुनै उच्च प्रविधिको प्रयोग गरिएको छैन,यसबाट प्लाण्टमा कुनै नकारात्मक जोखिमयुक्त असर पर्दैन र क्लिनर बिनाको यो योजना अति सरल एवम आर्थिक रुपले पनि कम खर्चिलो रहेको छ ।”
आरएसपीले कसरी काम गर्छ भन्दा उहाले भन्नुभयो “किलबाट झरेको एघारसय डिग्री तातो क्लिङकरलाई चिसो हावाको माध्यमले सय डिग्रिको तापक्रममा ल्याइने र टेरीटरी आयर री युज सिस्टम मार्पmत त्यो कुलरमा तातिने हावालाई पुन एसपी टावरमा प्रयोग गर्नसकिने सकिने हुदा यो प्रविधि सारै उपयोगि छ ।”
मेकानिकल विभाग प्रमुख कुवरका अनुसार क्लिनियरमा तातो हावा पठाईसकेपछि माथिबाट झरीरहेको मेटेरियल तापक्रममा बृध्दि भई क्याल्सिनेशन प्रकृया तिब्र गतिमा हुने र क्याल्सिनेशन प्रतिशत क्रमश बृध्दिभई हाल ४० प्रतिशत तल रहेकोमा सो बढेर ६० प्रतिशतभन्दा माथि पुग्ने हुदा यसै प्रकृयालाई नै उत्पादन बृध्दि भनिन्छ ।
करिव एक करोड २५ लाख रुपियाँको लागतमा सम्पन्न हुने उद्योगको यो क्षमता बिस्तारका लागि डिजाइन ईन्जिनियरिङ ईष्टिमेट गर्न २५ दिन,मेटेरियल पर्चेज ईष्टिमेट गर्न २० दिन,फेब्रिकेशन ईरेक्शनका लागि ५० दिन र फाइनल टेष्ट फाइरिङका लागि २० दिन समेत गरी एकसय १५ दिनको कार्ययोजना बनाएर काम थालिएको उत्पादन महासाखाका प्रमुख एवम समितिका संयोजक सञ्जयकुमार लाल कर्णले बताउनुभयो । यो योजना सम्पन्न भएपछि उद्योगलाई वार्षिक एकअर्व पाँच करोड,३९ लाख ३७ हजार पाँचसय रुपिया फाईदाहुने पनि उहाँले बताउनुभयो ।
उदयपुर सिमेण्ट उत्पादन संगै बजार माग पनि बढि रहेको उद्योगका सूचना अधिकारी तथा प्रबन्धक रामबहादुर जिसिले जानकारी दिनु भयो । जिसिका अनुसार उदयपुरका स्थानिय बजार संगै पूर्वी नेपालको शहर, राजधानी काठमाण्डौ लगायत देशभरका विभिन्न स्थानबाट माग बढ्दो अबस्थामा रहेको समेत बताउनु भयो ।

Last updated:2019 Sep 05 Thursday 09:28:53

प्रतिक्रिया
सम्बन्धित समाचार