Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा नयाँ प्रजिअ घिमिरे र पत्रकारबीच शान्ति सुरक्षाबारे छलफल

  • उपहार न्यूज
  • बिहिबार, पुष १२ २०८०
उदयपुरमा नयाँ प्रजिअ घिमिरे र पत्रकारबीच शान्ति सुरक्षाबारे छलफल

उदयपुर, पुस १२ ।
उदयपुरका स्थानीय पत्रकारसँग प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले शान्तिसुरक्षा बारे छलफल गरेका छन् । हप्तादिन अघि मात्र उदयपुर सरुवा भई आएका प्रजिअ घिमिरेले जिल्लाको वर्तमान बस्तुस्थिती र आगामी रणनीति तय गर्न सुझावमूलक अन्तरक्रिया गरेका हुन् ।

जिल्लामा महिनादिन अघि मात्र सरुवा भई आएका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीको पनि उपस्थिती रहेको थियो । सो क्रममा प्रजिअ घिमिरेले पत्रकारहरुसँग वर्तमान अवस्थाबारे बुझ्दै शान्ती सुव्यवस्था र सेवा प्रवाह प्रभावकारी बनाउन सुझाव समेत संकलन गरेका थिए । नागरिकमैत्री सेवा प्रवाह, शान्तिसुरक्षा मजबुद बनाउन बजार क्षेत्रमा सीसी क्यामेर थप, सडक दुर्घटना, संघ र प्रदेश मातहतका सरकारी कार्यालयलाई थप प्रभावकारी बनाउनेलगायतको विषयमा छलफल भएको नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङले जानकारी दिए ।

जिल्लास्थित सुरक्षा निकायअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका अघिकारीहरु समेत संलग्न छलफलको क्रममा आएका सुझावहरुलाई कार्यन्वन गर्ने प्रजिअ घिमिरेको भनाई छ । जिल्लामा भर्खरै कार्यभार सम्हालेका सीडीओ घिमिरेले विभिन्न संचारमाध्यममा सार्बजनिक गरिने समाचारहरु तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएका थिए ।

उदयपुरका तत्कालीन प्रजिअ जनार्दन गौतम केहीदिन अघि सरुवा भई तनहुँ गएसँगै छिमेकी जिल्ला भोजपुरमा कार्यरत घिमिरे आएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार