Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि उदयपुरबाट ४ बैकल्पिकसहित १८ जना छनोट

  • उपहार न्यूज
  • सोमबार, पुष ९ २०८०
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि उदयपुरबाट ४ बैकल्पिकसहित १८ जना छनोट

पुष्प दनुवार
उदयपुर, पुस ९ ।

केही समयपछि हुन लागेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि उदयपुरबाट खेलाडी छनोट प्रक्रिया पूरा भएको छ । गाईघाटमा सम्पन्न अन्तिम ‘सेलेक्सन’ चरणबाट प्रादेशिक छनोट प्रक्रियाका लागि जिल्लाबाट ४ जना बैकल्पिकसहित १८ जना खेलाडी छानिएका हुन् ।

छनोट भएकाहरुलाई संघले तोकेको ठाउँमा बन्द प्रशिक्षणका लागि पठाइने जिल्ला क्रिकेट संघ उदयपुरका अध्यक्ष एल्विन बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार सोनु अन्सारी, आईष भट्टराई, प्रभातकिरण हाङ्खिम राई (विकेट किपर), प्रकाश सुबेदी, रबि रोय, निर्देश बस्नेत, सुयोग कार्कीलगायत छन् ।

त्यस्तै जिल्लाका उपकप्तान तेज आचार्य, दीपकराज जोशी, दीपेश बजगाईं, नविन महतो (कप्तान), एलिस खड्का, विक्रम कार्की, राजन यादव छनोट भएका छन् ।
त्यसैगरी आशिष सुनुवार, रितेश रौनियार, सन्त सुनुवार र नवराज सिग्देल गरी चार जना बैकल्पिक रुपमा छानिएको संघ उदयपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार