Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

दिपकले नचाए फुलन्देकी आमाले हसाए

  • उपहार न्यूज
  • मंगलबार, मंसिर २६ २०८०
दिपकले नचाए फुलन्देकी आमाले हसाए

उपहार न्यूज
उदयपुर मंसीर २७
सोमबार चर्चित कलाकारहरुलाई आफ्नै अगाडि देख्दा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको केन्द्र बराहमा स्थानियहरु उत्साहित थिए । गाउँपालिकाले सुरु गर्न लागेको महाअभियान घोषणा समारोहलाई थप रोचक बनाउनको लागि आएका कलाकार पहिलो नेपाली तारा दिपक लिम्बुलाई पहिलो पटक लिम्चुङबुङ दर्शकले आफ्नै अगाडि देख्न पाउदा खुसी भए ।
कार्यक्रममा गायक दिपक लिम्बुले आधा दर्जन बढि गीतहरुमा कार्यक्रम हेर्न सहभागी हजारौ दर्शकलाई झुमाएका थिए । गायक लिम्बुले नाई नभन्नु ल, मैले त्यहि भएर मन पराएको, सिम्पल सिम्पल कान्छीको लगायतका गीतहरु गाउँदै दर्शकहरुलाई चिसोमा झुमाएका थिए ।
टेलिभिजन र सामाजिक संजालमा मात्रै देखेका गायक लिम्बुको प्रस्तुतीले स्थानियहरु मोहित भएका थिए । पछिल्लो समयमा हास्य कलाकार उमेश राई फुलन्देकी आमाको प्रस्तुतीले पनि दर्शक स्रोतलाई पेट मिचि मिचि हसाएका थिए । कार्यक्रममा स्थानिय कलाकारहरुको सास्कृतिक प्रस्तुतीले समेत कार्यक्रममा थप आकर्षण खिचेको थियो ।

Last updated:2023 Dec 12 Tuesday 14:23:37

प्रतिक्रिया
सम्बन्धित समाचार