Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

हजारौको जनसभा विच लिम्चुङबुङको महाअभियान घोषणा (फोटो फिचर सहित)

  • उपहार न्यूज
  • मंगलबार, मंसिर २६ २०८०
हजारौको जनसभा विच लिम्चुङबुङको महाअभियान घोषणा (फोटो फिचर सहित)

उपहार न्यूज
उदयपुर मंसीर २६
एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउनको लागि अघि सारिएको लिम्चुङबुङ गाउँपालिका उदयपुरको महा अभियान सोमबार एक समारोहका विच हजारौ पालिबासीहरुको सहभागीताका विच घोषणा गरिएको छ । गाउँपालिका केन्द्र बराहमा एक समारोहका विच पालिकाले एउटै पुस्तामा गाउँलाई समृद्ध बनाउनको लागि अभियानको घोषणा गरिएको हो ।
विकासको दृष्टिकोणले उदयपुर जिल्लाकै विकट मानिएको तर पर्यटन, कृषि लगायतका क्षेत्रमा ठूलो संभावना रहे पनि भौतिक पूर्वाधारको भने जस्तो विकास नहुदा र सरकारको नजर नपर्दा विकासमा पछि परेको पालिकाले एउटै पुस्तामा समृद्धि ल्याउनको लागि महाअभियान घोषणा गरिएको हो ।
अभियानको घोषणा संगै रणनैतिक हिसाबले पालिकाले आफ्नो क्रियाकलापलाई अघि बढाउने अठोट राखेको पालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो । महा अभियान घोषणा सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका नगर प्रमुख तथा उदयपुर विकास बोर्डका अध्यक्ष बसन्तकुमार बस्नेतले लिम्चुङबुङले अघि सारेको अभियानलाई आफुहरु साथ दिन तयार रहेको बताउनु भयो ।


ताप्ली गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा, पालिकाका पर्यटन सल्लाहकार तथा पर्यटन व्यवसायी रासुन्दर बकेले समृद्धिको लागि चालिएको महाअभियानलाई सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा पालिका उपाध्यक्ष पुष्पलाल राईले महाअभियानको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै महाअभियान कार्यदलका सदस्य तथा एमाले नेता राजकुमार राईले विकासको लागि सबै पक्ष एकजुट हुनु पर्ने बतानु भयो । उहाँले विकासको लागि राजनैतिक आस्थाको भरमा विभाजित हुन नहुने समेत औल्याउनु भएको थियो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका बोल्दै गाउँपालिका अध्यक्ष मेजरकुमार राईले घोषणा गरिएको महाअभियान लिम्चुङबुङको मात्रै नभएर समग्र जिल्ला र देश बनाउने अभियान भएको उद्घोष गर्नु भयो । गाउँको गरिबि हटाउन र देशलाई समृद्ध बनाउनको लागि अभियान सुरु भएकाले सम्पूर्ण पालिकाबासीहरुलाई अभियानलाई सहयोग पु¥याउनको लागि अध्यक्ष राईले आग्रह गर्नु भयो । कार्यक्रममा स्थानिय कलाकारहरुले विभिन्न सास्कृतिक झाकी तथा चचिर्त गायक दिपक लिम्बु, हास्य कलाकार उमेश राई फुलन्देकी आमाले प्रस्तुती राखेका थिए ।

 

Last updated:2023 Dec 12 Tuesday 12:01:34

प्रतिक्रिया
सम्बन्धित समाचार