Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

लिम्चुङबुङको महाअभियानलाई अन्य पालिकाले पनि साथ दिने (तस्बीरहरु सहित)

  • उपहार न्यूज
  • सोमबार, मंसिर १८ २०८०
लिम्चुङबुङको महाअभियानलाई अन्य पालिकाले पनि साथ दिने (तस्बीरहरु सहित)

उपहार न्यूज-
उदयपुर मंसीर १८ |
आगामी मंसिर २५ गते उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले एउटै पुस्तामा गाउँलाई समृद्धि बनाउने महा अभियानको घोषणाको तयारी गरेको छ । पालिकालाई भौगोलिक हिसाबले विकट मानिएको लिम्चुङबुङको विकासमा सरकारले पूर्वाधार विकासमा सन्तोषजनक सहयोग नगरे पछि पालिकाले आफैले एउटै पुस्तामा समृद्धि हासिल गर्ने उद्देश्य र संकल्पको साथ महाअभियानको सुरुवात गर्न लागेको हो ।

महाअभियानलाई सफल बनाउनको लागि यतिवेला गाउँपालिकाले आफ्नो अभियानबारे अन्य पालिकालाई पनि जानकारी गराउदै आगामी मंसीर २५ गते हुने कार्यक्रमको लागि पालिका प्रमुखहरुलाई आमन्त्रण गरेको छ । यसै क्रममा आईतबार गाउँपालिका अध्यक्ष मेजरकुमार राई र महाअभियानका सदस्य सचिव तथा गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले उदयपुरको त्रियुगा नगरपालिका, वेलका नगरपालिका र चौदण्डिगढी नगरपालिकाका नगर प्रमुखहरु संग छुट्टा छुट्टै भेटवार्ता गर्दै अभियानको बारेमा जानकारी गराउनु भएको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतलाई अभियानको बारेमा जानकारी गराईयो आईतबार विहान नगर प्रमुख बस्नेतकै निवासमा पुगेर अभियानको जानकारी गराएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनु भयो ।

अभियानबारे जानकारी प्राप्त गरे पछि नगर प्रमुख बसन्तकुमार बस्नेतले सामाजिक संजाल फेसबुकमा अभियानको बिषयमा सुनेर खुसी लागेको बताउनु भएको छ । उहाँले यस अभियानलाई त्रियुगा नगरबासीले साथ र सहयोग गर्ने र कार्यक्रममा पनि उपस्तिथी जनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


यसै विच वेलका नगरपालिका प्रमुख असोक कार्की र चौदण्डिगढी नगरपालिका प्रमुख कालमान लामालाई पनि अभियान बारे जानकारी गराईएको सदस्य सचिव ताराकिरण राईले जानकारी दिनु भयो । पालिका अध्यक्षले अभियान बारे जानकारी गराउनु भयो उहाँहरुले सकरात्मक रुपमा लिनु भएको छ सदस्य सचिव राईले भन्नु भयो ।
लिम्चुङबुङ गाउँपालिकाले जिल्लाका अन्य पालिका प्रमुखहरु संग पनि भेटेर अभियानको बारेमा जानकारी दिदै कार्यक्रममा सहभागी गराउने योजना राखेको छ । अभियानलाई सफल बनाउनका लागि यतिवेला विभिन्न चरणमा कार्यक्रमहरु भैरहेको गाउँपालिकाले जनाएको छ ।

Last updated:2023 Dec 04 Monday 16:41:04

प्रतिक्रिया
सम्बन्धित समाचार