उपहार न्यूज
उदयपुर मंसीर १५
लिम्चुङबुङ गाउँपालिकाले सुरु गर्न लागेको लिम्चुङबुङको सपना एउटै पुस्तामा गाउँलाई समृद्धि बनाउने महाअभियान अन्तर्गत सुरु गर्न लागेको अभियानको सदस्य सचिवमा पालिकाको लेखा शाखा प्रमुख ताराकिरण राईलाई मनोनित गरेको छ । पालिकाको बिहिबार सम्पन्न कार्यपालिका बैठकले लेखा अधिकृत समेत रहनु भएका राईलाई सदस्य सचिवको जिम्मेबारी प्रदान गरेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनु भयो ।
लिम्चुङबुङ गाउँपालिकाले केहि दिनमा गाउँपालिकाको समृद्धिको लागि महा अभियानको घोषणा गर्न लागेको छ यस बिषयमा पालिकाले आगामी मंसीर २४ गते विशेष घोषणा कार्यक्रम राखिएको अध्यक्ष राईले जानकारी दिनु भयो । पालिकाले अभियानलाई विशेष सफल बनाउका लागि आज शुक्रबार पालिकाको सम्पूर्ण कर्मचारी, विद्यालय प्रअ तथा शिक्षकहरु, स्वास्थकर्मीहरुलाई छलफलको लागि आव्हान गरेको छ ।