Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा बनभोजबाट फर्कदै गरेको स्कुल बस दुर्घटना, तीन जनाको मृत्यु ३६ घाइते

  • उपहार न्यूज
  • शनिबार, मंसिर ९ २०८०
उदयपुरमा बनभोजबाट फर्कदै गरेको स्कुल बस दुर्घटना, तीन जनाको मृत्यु ३६ घाइते

उदयपुर, मंसिर ९ । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको मुर्कुची नेपालटार बीचको पुल नजिकैको सडकमा स्कुल बस दुर्घटना हुँदा सवार तीन जनाले ज्यान गुमाएका छन् । घटनामा परी गम्भीर र सामान्यसहित ३६ जना घाइते भएका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलको विद्यार्थी बोकेको बस शनिबार दिउँसो दुर्घटनामा परेको हो । उदयपुरगढी गाउँपालिका वडा नम्बर– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । डिएसपी चौधरीका अनुसार दुर्घटना स्थलबाट उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि ७ जनालाई मोरङको बिराटनगर थप उपचारका लागि रेफर गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

Last updated:2023 Nov 26 Sunday 05:59:14

प्रतिक्रिया
सम्बन्धित समाचार