Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

होसियार, ईसेवाबाट यसरी ठगिनुहोला ! १५ लाख ठग्ने ५ जना पक्राउ

  • उपहार न्यूज
  • आइतबार, कार्तिक १२ २०८०
होसियार, ईसेवाबाट यसरी ठगिनुहोला ! १५ लाख ठग्ने ५ जना पक्राउ

काठमाडौं । पछिल्लो समय बढ्दो प्रबिधि र सुबिधासँगै सर्वसाधरण नागरिकमा त्रास समेत बढेको छ । प्रबिधि चलाउन जाने राम्रो, नजान्दा आफैलाई हानी समेत पुर्‍याउन थालेको घटनाहरु सार्वजनिक भएसँगै सर्वसाधरणमा त्रास सिर्जना भएको हो ।

यहाँ यस्तै एउटा घटना भएको छ । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटका नवनितकुमार कुशवाहा, कन्हैयाकुमार कुशवाहा, दिपेन्द्रकुमार यादव, अभयकुमार यादव र रितेश कुशवाहा छन् ।

उनीहरुले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ओटीपी मागेर १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटका बिभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको रेग्मीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार