खोटाङ, कात्तिक ९ ।
खोटाङमा बडादशैंको टीका लगाएर घर फर्किदै गरेकी एक बृद्धा बेपत्ता भएकी छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर– १५ बसेरी स्थायी घर भएकी ६८ वर्षीया जैशीमाया ढुंगाना सम्पर्कबिहीन भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हराएकी जैशीमाया कात्तिक ७ गते विजयादशमीको दिन आफन्तकोमा टीका लगाउन श्रीमानसँगै गएकी थिइन् । टीका लगाएर श्रीमान्सँगै फर्किएकी उनी घर नजिकैबाट हराएको भन्दै प्रहरीमा जाहेरी आएको थियो । आँखा कमजोर देख्ने स्वास्थ्य समस्या भएकी ढुंगानाको खोजीकार्यका लागि प्रहरीले आम नागरिकलाई समेत अपिल गरेको छ ।
प्रहरीले सार्वजनिक गरेको हुलियामा उमेर ६८ वर्षीया, पातलो शरिर, तौल ५५ केजी, गहुँगोरो वर्ण, ५ फिट उचाई उल्लेख छ । बेपत्ता बृद्धा जैशीमायालाई फेला पार्ने महानुभावहरुले छोराको मोवाईल नम्बर ९८६२६२०९८२ या नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध समेत गरिएको छ ।