Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरमा श्रीमान् पक्राउ : ३ वर्षअघिदेखि श्रीमतिको हत्या गर्ने योजना (भिडियोसहित)

  • उपहार न्यूज
  • बुधबार, कार्तिक १ २०८०
उदयपुरमा श्रीमान् पक्राउ : ३ वर्षअघिदेखि श्रीमतिको हत्या गर्ने योजना (भिडियोसहित)

उदयपुर कात्तिक १ ।
उदयपुरमा आज राती सुतिरहेकै ठाउँमा कुकर प्रहार गरी आफ्नै श्रीमतिको हत्या गर्ने पुरुष भाग्दै गर्दा पक्राउ परेका छन् । बुधबार उदयपुर प्रहरीले पत्रकार सम्मेलन गर्दै घटना घटाएर भारततर्फ भाग्दै गरेका सन्तोष भनिने पिटर राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर– ७, नागबेलीका घर भएका ३१ वर्षीय पिटरले श्रीमतीलाई सुतिरहेको अवस्थामा प्रेसर कुकर प्रहार गरेका थिए । कुकर प्रहारबाट टाउकाको दुवै भाग फुटिसकेको श्रीमति २८ वर्षीया छविमाया राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याएलगत्तै ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर– ५ श्रीपुरमा मृतक श्रीमति छविमाया र हत्यामा संलग्न श्रीमान पिटर पाहुनाको रुपमा दिदीको घरमा आएका थिए । बेलुकाको खाना खाएर सुत्न कोठाभित्र पसेका पिटरले एक्कासी साढे ८ः०० बजेतिर कुकर प्रहार गरेको आवास सुनिएको स्थानीयले बताएका छन् । मृतकसँगै सुतेकी दिदीले केही बज्रिएको जस्तो आवाज सुनेपछि झस्कीएर उठ्दा बहिनीको टाउकोमाथि ज्वाईले कुकर प्रहार गर्दै गरेको दृष्य देखेको सुनाईन् । ज्वाईको कुटाईबाट बहिनी जोगाउन खोज्दा आफूलाई समेत प्रहार भएको मृतककी दिदीले बताइन् ।

तल क्लीक गरेर भिडियो हेर्नुहोस्-

प्रहरीले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मृतक र हत्या आरोपित श्रीमानबीच बिगत तीन वर्षदेखि सम्बन्धमा खटपट देखिएको छ । तर के विषयमा पारिवारिक झगडा हुने गरेको थियो भन्ने बारे प्रहरीले जानकारी गराएको छैन । ‘तीन वर्षदेखि श्रीमान् श्रीमतिबीच दरार देखियो’ उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले भने, ‘सोही वर्षौ पुरानो रिसीबीकै कारण उनले योजनाबद्ध रुपमा श्रीमतिको ज्यान लिएको देखिन्छ ।’

प्रहरीले घटनास्थलबाट एक थान भड्डु भाडा र कुकर बरामद गरेको छ । घटनाबारे जानकारी पाएलगतै परिचालन भएको प्रहरीले झण्डै तीन घण्टाभित्रै संलग्न पक्राउ गर्न सफल भएको एसपी थापाको भनाई छ । पिटरबिरुद्ध अनुसन्धान गर्नका लागि जिल्ला अदालत उदयपुरबाट म्यादसमेत थप भइसकेको छ । मृतक छविमायाका दुई नाबालक छोरा छन् । आमाको हत्यासँगै बाबु प्रहरी फन्दामा परेपछि कोठा भाडामा बस्दै आएका ति दुई बालक अभिभावक बिहीन बनेका छन् ।

Last updated:2023 Oct 18 Wednesday 16:15:48

प्रतिक्रिया
सम्बन्धित समाचार