Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

नेपाल उद्योग व्यपार महासंघ उदयपुरको नेतृत्वमा राजकुमार शर्मा

  • उपहार न्यूज
  • शनिबार, असोज २० २०८०
नेपाल उद्योग व्यपार महासंघ उदयपुरको नेतृत्वमा राजकुमार शर्मा

उदयपुर, असोज २० ।
माओवादी केन्द्र निकट व्यपारीहरुको छाता संगठन नेपाल उद्योग व्यपार महासंघको उदयपुर नेतृत्वमा गाईघाटका राजकुमार शर्मा चयन भएका छन् । सदरमुकाम गाईघाटस्थित होटल टावनहलको सभाहलमा शनिबार आयोजित प्रथम भेलाले हार्डवेयर व्यवसायी शर्मालाई सर्वसम्मत अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो ।

नवगठित समितिको उपाध्यक्ष बालकुमार सुयल, बाणिज्य उपाध्यक्ष तिलक राई, महासचिव प्रवेश खड्का, सचिव बेदबहादुर राई र कोषाध्यक्षको जिम्मेवारी भीमकुमारी राईलाई दिइएको छ । त्यस्तै शेख इजराईल, अंक्रिस श्रेष्ठ, सूचन मगर, पुसव अधिकारी, टिनकीज्वाला चौधरी, बिनिता चौधरी, जनदिप थापा, हिमराज मगर, चन्द्रबहादुर कार्की, टीकाराम गिरी, स्जीत साह, राधेश्याम साह र सिद्धेश्वर साह सदस्य रहेका छन् ।

सोही भेलाले स्थानीय होटल व्यवसायी सुरज साहको नेतृत्वमा त्रियुगा नगरस्तरीय समिति गठन गरेको छ । उपाध्यक्षद्धय आदेश राई र शंकर साह छन् । महासचिव अनवर अलि, सचिव राकेश यादव र कोषाध्यक्ष लक्ष्मी राई, सहकोषाध्यक्ष आनन्द भगत रहेका छन् । सदस्यहरु उपेन्द्र साह, पञ्चहिरा राई, अशोक विक, अन्सारुल अलि, कृष्ण रौनियार, पानालाल भागवत, सन्तोष राई, टेकबहादुर मगर, रेवतकुमार रोक्का, किरणकुमार साह र मनोज कटुवाल सदस्य तोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार