Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अधिकृत राईद्धारा बाबुको पून्य तिथीमा उदयपुरका ७१ ज्येष्ठ नागरिकलाई फलफूल बितरण र स्वास्थ्य परीक्षण

  • उपहार न्यूज
  • बुधबार, असोज १७ २०८०
अधिकृत राईद्धारा बाबुको पून्य तिथीमा उदयपुरका ७१ ज्येष्ठ नागरिकलाई फलफूल बितरण र स्वास्थ्य परीक्षण

शौरब मगर
बोक्से, असोज १७ ।

उदयपुरमा एक कर्मचारीले आफ्नो बाबुको दोस्रो पून्य तिथीको अवसर पारेर बृद्धबृद्धालाई स्वास्थ्य परीक्षण तथा फलफूल बितरण गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिकामा कार्यरत अधिकृत विश्वजित राईले स्वर्गीय बाबु जितधन राईको स्मृतिमा ७१ जना ज्येष्ठ नागरिकलाई खाँदा लगाएर सम्मानसहित फलफूल बितरण र स्वास्थ्य समेत परीक्षण गरिएको हो ।

त्रिनपा १० को वडा कार्यालयमा आयोजित कार्यक्रममा डाक्टर र नर्ससहितको टोली खटिएको थियो । बृद्धबृद्धामा देखिन स्वास्थ्य समस्याहरुबारे परामर्श र सल्लाहसँगै अहिलेको स्वास्थ्य अवस्था पनि जाँच गरिएको थियो । चेकजाँचको क्रममा अधिकांसलाई रक्तचापको समस्या देखिएको छ । उनीहरुलाई स्वास्थ्यकर्मीले परामर्श समेत दिएका थिए ।

कार्यक्रममा वडाध्यक्ष किरण पाण्डे, ज्येष्ठ नागरिक संघ उदयपुरका अध्यक्ष खिला घिमिरे, वडाका ज्येष्ठ नगारिक संयोजक रामबहादुर मोक्तानसँगै स्वर्गीय राईको परिवार समेत सहभागी थिए । बृद्धबृद्धालाई मनोरञ्ज्न दिन झण्डै आधा घण्टा भजनकृतन समेत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार