Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुरका व्यवसायीको हायस गाडी काठमाडौंमा धोएर राखेकै ठाउँबाट हराएपछि..

  • उपहार न्यूज
  • शनिबार, असोज १३ २०८०
उदयपुरका व्यवसायीको हायस गाडी काठमाडौंमा धोएर राखेकै ठाउँबाट हराएपछि..

उदयपुर, असोज १३ ।
उदयपुरको एक व्यसायीले सञ्चालन गर्दै आएको हायस गाडी काठमाडौंबाट हराएको छ । राजधानी काठमाडौंको चक्रपथ धोबीखोला किनारामा साँझपख पार्किङ गरी राखिएकै ठाउँबाट गाडी हराएको हो ।

उदयपुरको हडियादेखि सदरमुकाम गाईघाट बजार हुँदै सिन्धुली-खुर्कोट-काठमाडौंसम्म नियमित चल्दै आएको बा.५ख ५२८० नम्वरको यात्रुवाहव हायस गाडी असोज ११ गते विहीबार साँझ साढे ७ः०० बजेतिर धोविखोला किनारा सुकेधारास्थित राजधानी पेट्रोल पम्प नजिकै राखिएको ठाउँबाट बेपत्ता भएको हो ।
गाडी चालक राजु साहका अनुसार गाडी धोएपछि पेट्रोल पम्प नजिकै राखेर आफू खाना खान गएका थिए । होटलबाट बेलुकाको खाना खाएर फर्कदा गाडी नदेखेपछि खोजी गरिदिन भन्दै ट्राफिक प्रहरी कार्यालय पुगेका थिए ।

पहिलो दिन भने ट्राफिक प्रहरीले उजुरी नलिएको चालक साहले गुनासो गरे । सुरक्षा सम्बेदनशीलता कडाई रहेको राजधानीमै समसाँझै ठूला सवारीसाधन हराउन थालेपछि अन्य यातायात व्यवसायी समेत चिन्तित देखिएका छन् । प्रहरीले सीसी टिभीको फुटेजसमेत हेरेर अनुसन्धान गर्दा पत्ता लाग्न सजिलो हुने चालक साहको भनाई छ । प्रहरीले भने घटनाबारे अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार