Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

गाईघाटकी १५ वर्षीया किशोरी बेचबिखनको लागि लैजादै गर्दा होटल संचालकसहित दुई युवक पक्राउ

  • उपहार न्यूज
  • शनिबार, भाद्र ३० २०८०
गाईघाटकी १५ वर्षीया किशोरी बेचबिखनको लागि लैजादै गर्दा होटल संचालकसहित दुई युवक पक्राउ

उदयपुर । उदयपुर घर भएकी एक युवतीलाई बेचबिखनका लागि लैजादै गरेको आशंकामा दुई जना पक्राउ परेका छन् । सदरमुकाम गाईघाट बजार घर भएकी ती युवतीलाई ललाईफकाई प्रलोभनमा पारेर बेचबिखन गर्न लैजादै गर्दा त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित ढाटबाट एक सिराह घर भएका युवक र एक रेष्टुरेन्ट संचालक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घटनामा त्रिनपां– १० बोक्सेस्थित ब्रोदर्श रेष्टुरेन्टका सञ्चालक २७ वर्षीय अनिल शिवा र सिरहाको लहान नगरपालिका वडा नम्बर १९ का २८ वर्षीय सतिशकुमार यादव समातिएका हुन् । आईतबार दिउँसो ३ः०० बजे जलजलेमा उनीहरुलाई शंकास्पद देखिएपछि सोधपुछ गर्दा पत्ता लागेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जलजले प्रहरी चौकीबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले ढाटमा चेकजाँचको क्रममा उनीहरुले प्रदेश नं ३–०२–२२ प ५०१० नम्बरको मोटरसाईकल प्रयोग गरेका थिए । समातिएका युवकको साथमा रहेकी ती किशोरीको उमेर १५ वर्ष बुझीएको उदयपुर प्रहरी प्रवक्ता डीएसपी हरिनन्दन चौधरीको भनाई छ ।

प्रहरीले चालक यादवलाई किशोरीसँग फेला नियन्त्रणमा लिएपछि अनुसन्धान गर्ने क्रममा सो घटनामा शिवाको समेत संलग्नता रहेको भन्ने खुल्न आएपछि उनलाई मंगलबार पक्राउ गरिएको डीएसपी चौधरीले जानकारी दिए । पक्राउ परेका यादव र शिवामाथि जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी कानुनी कारवाहीका लागि अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार