Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अपडेट : उदयपुर सवारी दुर्घटनामा मृत्यु हुने प्रहरी असई ‘इन्चार्ज मिटिङ’बाट फर्कदै थिए

  • उपहार न्यूज
  • बुधबार, भाद्र २७ २०८०
अपडेट : उदयपुर सवारी दुर्घटनामा मृत्यु हुने प्रहरी असई ‘इन्चार्ज मिटिङ’बाट फर्कदै थिए

उदयपुर, भदौ २७ ।
उदयपुरमा ट्रकले ठक्कर दिदा मोटरसाईकलमा सवार एक प्रहरी असईको ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ज्यामीरेमा ट्रकको ठक्करबाट भागलपुर प्रहरी चौकीमा कार्यरत प्रहरी असई श्रीकुमार बस्नेतको मृत्यु भएको हो ।

जिल्लाको बेलका नगरपालिकास्थित भागलपुरमा कार्यरत असई बस्नेत सवार प्रदेश–१–२–०५१ प ६४७८ नम्बरको मोटरसाईकलाई बेल्टारबाट गाईघाटतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो । मृतक असई बस्नेत बुधबार जिल्ला प्रहरी कार्यालय उदयपुर मातहत इलाका तथा चौकी इन्चार्जहरुको मिटिङमा सहभागी भई फर्कदै गर्दा दुर्घटना भएको हो ।

सवारी ठक्करपछि गम्भीर घाइते भएका असई बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थायी घर भएका असई बस्नेतको दरबन्दी भने प्रहरी चौकी रामपुर झिल्के थियो । ज्यान गुमाउने असई ४५ वर्षीय बस्नेतलाई ठक्कर दिने ना ४ ख ८१६३ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिप्रका उदयपुरका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ । दुर्घटनाग्रस्त मोटरसाईकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । ठक्कर दिने ट्रक चालकलाई पनि जिप्रका उदयपुरका हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार