उदयपुर । उदयपुर सदुरमुकाम गाईघाट बजारमा रहेको कस्यप सप्लायर्स १८ वर्ष पूरा भएको अवसरमा ग्राहकहरुलाई पुरस्कार बितरण गरेको छ । सप्लायर्सद्धारा सञ्चालित ‘कस्यप इन्फोटेक’ नामक युट्युब च्यानल सस्क्राईब गर्ने सब्सक्राईबरहरुलाई ‘लक्की ड्र’मार्फत पुरस्कृत गरिएको हो ।

कस्यप सप्लायर्स तथा कस्यप मोवाईल पसलका सञ्चालक कौशल दाहालका अनुसार बिभिन्न चरणमा ६ जना लक्की ग्राहकले पुरस्कार प्राप्त गरेका छन् । जसअन्तर्गत प्रमिला पौडेलले प्रथम पुरस्कार प्राप्त गरिन् । उनले नेपाली बजार मूल्य ४७ हजार पर्ने सामसुङ कम्पनीको ग्यालेक्सी क्लासिक वाच फोर घडी प्राप्त गरेकी हुन् । युआरएल लिंक pramilapaudel154 भएकी पौडेलले चार हप्ताअघि च्यानल सस्क्राई बर्दै पुरस्कार योजनामा भाग लिएकी थिइन् ।

सप्लायर्स सञ्चालनको १८औँ वार्षिकोत्सवमा च्यानल सस्क्राईब गर्ने व्यक्तिमध्ये चिठ्ठा प्रणालीबाट छानेर भाग्यशाली पुरस्कार प्रदान गर्ने एक महिनाअघि कस्यपकै अफिसियल टिकटक अकाउन्टबाट घोषणा गरिएको थियो । सो योजनामा पुरस्कार घोषणाअघि तीन हजार दुई सय बढीले सहभागिता जनाएका थिए । सोहीमध्येबाट प्रत्यक्ष प्रशारण गरी लक्की ड्रमार्फत नतिजा सार्वजनिक गरिएको हो ।

योसँगै अन्य ५ जनाले वाच अल्ट्रा पुरस्कार जिन्त सफल भएका छन् । वाच क्लासिक पाउनेहरुमा चुन गुरुङ युआरएल लिंक chungurung3058, समिर घर्ती युआरएल लिंक samirgharti5855, राम तामाङ, युआरएल लिंक ramtamang-ovlhx, पाण्डे भ्लग युआरएल लिंक pandeyvlogs579 र कृष्ण बस्नेत युआरएल लिंक basnetkrishna4815 रहेका छन् । बिजेताह सब्सक्राईबरहरुलाई तत्काल सम्पर्कमा आएर आफ्नो पुस्कार लैजान समेत सप्लायर्सले आग्रह गरेको छ ।