उपहार न्यूज
धरान भाद्र १५
सौन्दर्य प्रतियोगीताको उत्कृष्ट आयोजना गर्दै आएको ड्रिम्स एम प्रोडक्शन धरानले मिस प्रोभिन्स आईडलको दोस्रो सिजनको आयोजना गर्ने भएको छ । एसईई पास गरेका २५ बर्ष उमेर ननाघेका अविवाहित युवतीहरुले सहभागीता जनाउने उक्त प्रतियोगीतको शनिवार धरानमा अडिसन हुने भएको छ ।
देशभरीका प्रदेशबाट सहभागीता जनाउन सकिने उक्त प्रतियोगीताको अडिसन धरान स्थित हाम्रो डान्स एकेडेमीमा शनिबार दिउसो २ बजेबाट हुने ड्रिम्स प्रोडक्शनका प्रमुख मेरिना तुम्सा लिम्बुले जानकारी दिनु भयो । प्रतियागीतामा बिजेताले नगद गिफ्ट सहित एयर होस्टेस कोर्स, मेकअप कोर्श, फेसन डिजाईनर कोर्श पाउने छन् । प्रतियोगीतका सहभागीहरुले १८ सब टाइटल प्राप्त गर्ने छन् । प्रतियोगीतको पहिलो सिजनका बिजेता नुरिमा बस्नेत, फस्ट रनरअप श्रृखला राई र सेकेण्ड रनरअप अंशु राई भएकी थिईने । अडिसनको लागि ड्रिम्सको अफिसियल वेबसाईटमा गएर आवेदन दिन सकिने आयोजकले जनाएको छ ।