उपहार न्यूज
गाईघाट श्रावण २२
रचनाकार हिमांंसु रायमाझीको नयाँ गीत सार्वजनिक भएको छ, गायक रामकृष्ण ढकाल संगको सहकार्यमा समिप ईन्टरटेन्मेन्टको प्रस्तुतीमा दिन ढल्यो सार्वजनिक भएको हो ।
गीतमा संगीत बरिष्ठ संगीतकार राम सिटौलाले भरेका छन् । संंगीत संयोजन विश्व अधिकारीको रहेको छ।दिलिप समनद्वारा निर्देशित भिडियोमा प्रज्वल जङ्ग कार्की अनिमा बिश्वकर्मा, रितेश ढकालको अभिनय देख्न सकिन्छ। उक्त गीतलाई मिलन संकरले खिचेका हुन् भने भिडियो सम्पादन तथा कलरिङ्ग फराज अर्पणको रहेको छ। गीतमा युगल जोडि बिच हुने प्रेम र बिछोडको कथा देखाईएको छ।
पुरानो बानेश्वर स्थित टिपसि ब्याम्बो कटेजमा एक औपचारिक भेला बिच गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतले दर्शक श्रोताको मन जित्ने कुरामा निर्माण पक्ष बिश्वस्त छ र गीतलाई समीप ईन्टरटेन्मेन्ट युटुब च्यानलमा गएर हेर्न सकिन्छ।