Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

सुरु भयो ट्राफिक सप्ताह उदयपुरमा हेल्मेट लगाएर उद्घाटन

  • उपहार न्यूज
  • मंगलबार, असार १९ २०८०
सुरु भयो ट्राफिक सप्ताह उदयपुरमा हेल्मेट लगाएर उद्घाटन

उपहार न्यूज
उदयपुर असार १९
कोशी प्रदेशमा मंगलबारबाट विविध कार्यक्रम सहित ट्राफिक सप्ताह सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु गरिएको हो । उदयपुरमा पनि एम समारोहका विच ट्राफिक सप्ताहको सुरु गरिएको छ ।
गाईघाट स्थित पिपल चोकबाट प्रभातफेरी सहित सुरु गरिएको पहिलो दिनको कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका ३ स्थित बसपार्कमा पुगेर एक कार्यक्रम सहित समापन गरिएको छ ।
कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले एक सवारी चालकलाई हेल्मेट लगाईदिएर गर्नु भएको थियो । कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले ट्राफिक सप्ताह जस्ता कार्यक्रमहरु कार्यक्रममा मात्रै नभएर यसलाई व्यवहारमा पनि उतार्नु पर्नेमा जोड दिनु भयो । उहाँले विद्यालयमा हरेक साता एक दिन ट्राफिक जनचेतना संबन्धि कार्यक्रमहरु संचालन गर्नु पर्नेमा बताउनु भयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शहरीकरण बढे संगै बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ट्राफिक प्रहरीले मात्रै नभएर नागरिकहरु पनि सचेत हुनु पर्ने अबस्था आएको बताउनु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले पछिल्लो समय मदन भण्डारी राजमार्ग सगरमाथा राजमार्गमा सवारी चाँप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा चुनौती सृजना भएकाले त्यसलाई सहज र सरल बनाउनका लागि नगरपालिकाले सहयोग पु¥याउनेमा जोड दिनु भयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले सवारी चाँप बढे संगै दुर्घटनाका घटनाहरु समेत बढ्न थालेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि प्रहरीले सचेतना, कारवाहि र ट्राफिक व्यवस्थापनमा काम गरिरहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ उदयपुरका सचिव विश्वराज तामाङले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि नागरिक आफै पनि सचेत हुनु पर्नेमा जोड दिदै ट्राफिक प्रहरीहरुलाई स्रोत साधन सम्पन्न बनाउनका लागि सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रहरी, स्थानिय नागरिक, पूर्व प्रहरी, विद्यार्थी, पत्रकार, यातायात व्यवसायीहरुको सहभागीता रहेको थियो ।

Last updated:2023 Jul 04 Tuesday 04:40:07

प्रतिक्रिया
सम्बन्धित समाचार