Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

  • उपहार न्यूज
  • शुक्रबार, बैशाख १५ २०८०
त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

उपहार न्यूज
उदयपुर बैशाख १५
त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार एक दिन वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल र वि एण्ड सि टिचिङ अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार जिल्ला अस्पताल उदयपुरको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएहो हो ।
बिषेशगरी बृद्ध बृद्धा र महिलाहरुलाई प्राथामिकता दिएर शिविर संञ्चालन गरेको संघका अध्यक्ष रमेश रसाईलीले जानकारी दिनु भयो । शिविरमा नसा सम्बन्धि सम्पूर्ण जाँच, क्यान्सर, मुटु, नसा, स्त्री रोग र नाक कान घाँटीको निशुल्क चेक जाँच सम्बन्धि चेक जाँच तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।
शिविरमा मुटु सम्बन्धि २ सय ३५, स्त्रि सम्बन्धि ६०, मुटु इको ९९ , नाककान घाँटी १४७, र न्युरो १६७, क्यान्सर २९ गरी ७ सय ३७ जनाले सिविरको प्रत्यक्ष लाभ लिएका छन् ।
शिविरमा केही विरामीहरु जटिल अवस्थाको रहेको समेत जनाईएको छ । जटिल प्रकारको विरामीलाई बिएन्डसी हस्पिटलले ३० प्रतिशत छुटमा उपचार गराउने जनाएको छ । अन्य विरामीहरु प्राय सबै नर्मलनै रहेको हस्पिटलले जनाएको छ । शिविर त्रियुगा नगरपालिका, जिल्ला अस्पताल उदयपुर तथा दाजु भाई समुह दोहा कतार संगको समन्वयमा आयोजना गरिएको हो ।
शिविरमा विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरको उद्घाटनको क्रममा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेत, उप प्रमुख महेश्वरी राई, रेडक्रस उदयपुरका मन्त्री सुभाषकुमार श्रेष्ठ लगायतको उपस्तिथी रहेको थियो ।

Last updated:2023 Apr 28 Friday 14:00:51

प्रतिक्रिया
सम्बन्धित समाचार