Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

मलेसियामा ज्यान गुमाउने उदयपुरका युवकको शव नेपाल ल्याउने तयारी

  • उपहार न्यूज
  • शुक्रबार, फाल्गुन १९ २०७९
मलेसियामा ज्यान गुमाउने उदयपुरका युवकको शव नेपाल ल्याउने तयारी

उदयपुर । उदयपुरका एक युवकले मलेसियामा ज्यान गुमाएका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर– १३ असारीका सन्तोषकुमार राईले खाँडी मुलुक मलेसियामा सवारी दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

र्घटनामा गम्भीर घाइते भएका राईको उपचारको क्रममा आठदिन अघि मृत्यु भएको परिवारले जनाएको छ । मोटरसाईकलमा सवार रहेको अवस्थामा पछाडिबाट आएको गाडीले ठक्कर दिएको पारिवारिक स्रोतले जनाएको छ ।

दुर्घटनापछि गम्भिर घाइते भएका उनको उपचारको क्रममा तीनदिनपछि मृत्युभएको जनाइएको छ । उनको शब नेपाल ल्याउन पहल भईरहेको बुुवा सिंहबहादुर राईले बताए । काम गर्ने कम्पनीमा कागजपत्र र आवश्यक प्रक्रिया मिलाउने काम भइरहेको उनले बताए । प्रक्रियामा सरकारको पहल कमजोर रहेको गुनासो उनको छ । छोरोको शब छिट्टै ल्याउने र क्षतिपूर्तीको लागी सरकारले ब्यवस्था गरिदिन माग उनको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार