शंकर रिखाम मगर
उदयपुर फागुन, १८।
रौता स्पोर्ट क्लव रौतामाइ ७ को व्यवस्थापन तथा जिल्ला फुटवल संघ उदयपुरको सम्न्वय र रौतामाइ गाउँपालिका भुट्टारको आयोजनामा प्रथम रौतामाइ अध्यक्ष कप फुटवल प्रतियोगिताको बिहिबार सम्पन्न खेलमा त्रियुगा स्पोर्टस क्लब फत्तेपुर बिजयी भएको छ ।
बिहिबार सम्पन्न खेलमा कटारी फुटबल क्लबदाई एक शुन्यको गोल अन्तरले पराजित गर्दै न्यू त्रियुवा स्पोर्टस क्लबले सेमिफाईनलको यात्रा तय गरेको हो ।
चौथौ दिनको फुटवल खेलमा कटारी फुटवल क्लव उदयपुर र न्यु त्रीयुगा स्पोर्टस क्लव फत्तेपुर सप्तरी विच भएकोथियो उक्त खेलमा मध्यान्तर अगाडि दुवै पक्षले गोल हान्न सफल भएका थिएनन भने मध्यान्तर पछिको खेलमा पनि दुवै पक्षलाइ गोल हान्न हम्मे हम्मे परेको थियो ।
खेलको निर्धारित समय वित्न ७ मिनेटमात्र रहदा न्यू त्रियुगा स्पोर्टस क्लव फत्तेपुर सप्तरीका जर्सी नम्वर १७ का निरज चौधरिले १ गोल हानी टिमलाइ अग्रता दिदै आगामी २० गते शनिवारका दिन गोलवजार स्पोर्टस क्लव सिराहा सङ्ग सेमि फाइनल खेल खेल्ने भएका छन् ।
खेलमा म्यान अफ दि म्याचका न्यु त्रियुगा स्पोर्टस क्लव सप्तरिका जर्सी नम्वर १७ का खेलाडी निरज चौधरी घोषित भएकाछन उक्त घोषित खेलाडिलाइ त्रियुगा नगरपालिका, १६ का पुर्व खेलाडी तथा समाजसेवी थमानवहादुर थापा मगरले नगद १ हजार सहित मेडल प्रदान गरि सहयोग गरेका थिए ।
प्रतियोगीतामा रेफ्रीहरु तिलक विक को साथमा कुमार आले मगर(राजु), अम्वरवहादुर राई, विजय राई र रुपेश मगर रहेका थिए । शुक्रबार हुने पहिलो सेमि फाइनल खेल वसाहा–११ र गाइघाट फुटवल क्लव विच हुने रौता स्पोर्टस क्लबका अध्यक्ष हरि आलेमगरले जानकारी दिनु भयो ।