उपाहार न्यूज
उदयपुर माघ १२
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ ले स्थानिय नागरिकहरुको जिविकोपार्जनमा सहयोग पु¥याउनको लागि उन्नत जातको बाख्राको पाठी, सुगुरको पाठी तथा बयर बोका विरतण गरेको छ । समाजसेवी समुहको समन्वयमा स्थानिय महिलाहरुको दिगो जिविकोपार्जनको लागि पशुपालक किसानहरुलाई व्यवसायीक बनाउनका लागि दुइ लाख बराबरको वितरण गरेको वडा अध्यक्ष मनोजकुमार चौधरीले बताउनु भयो ।
वडाले बयर बोका ३ थान, बाख्राको पाठी ९ वटा र बंगुरको पाठी ९ वटा वितरण गरिएको हो । स्थानिय कृष्ककहरुको व्यवसायीकरणको लागि वडाले अनुदान स्वरुप सहयोग गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।