उपाहार न्यूज
उदयपुर माघ ९
दाजू भाई समुह दोहा कतारले उदयपुरका ५० जना बृद्धबृद्धाहरुको आँखाको शल्यक्रियामा सहयोग पु¥याएको छ । मदन भण्डारी आँखा अस्पताल उदयपुरको प्राविधिक सहयोग तथा दाजु भाई समुह दोहा कतारको आर्थिक सहयोगमा दुई दिन सम्म निःशुल्क मोतियाविन्दु शल्यक्रिया गरिएको थियो ।
मदन भण्डारी आँखा अस्पताल उदयपुरमा माघ ६ र ७ गते आयोजित शिविरमा ५० जना बृद्धाबृद्धाको शल्यक्रिया गरिएको दाजु भाई समुह दोहा कतारका लागि नेपाल सदस्य सरोज श्रेष्ठले बताए । दाजु भाई समुहले गत कात्तिक ५ गते पनि गाईघाटमा २५ परिवारलाई लत्ताकपडा तथा नगद सहयोग गरेको थियो ।
कोभिड १९ को महामारीमा समेत दाजु भाई समुहले उदयपुरको त्रियुगा नगरपालिका तथा खोटाङ जिल्लामा समेत पुगेर सहयोग प्रदान गरेको थियो । सामाजिक सेवाभावका साथ स्थापना भएको संस्थाले आगामी दिनमा अन्य विभिन्न सामाजिक योजना र कार्यक्रमहरु समेत संचालन गर्ने योजना रहेको दाजु भाई समुहका अध्यक्ष संदिप भट्टराईले जानकारी दिनु भयो ।
उदयपुरको बिभिन्न ठाउँबाट बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका उदयपुरे युवाहरुद्धारा गठित दाजु भाई समूहले बिभिन्न समय सामाजिक सहायता गर्दै आएको छ ।



