उपाहार न्यूज
उदयपुर पौष २८
वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेर आफ्नो कर्मथलो बनाईरहेका उदयपुरे युवाहरु संगठित भएका छन् । जनवरी ६ मा कुबेत स्थित फ¥यानियाको सिग्नेचर रेस्टुरेन्टमा आयोजित उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशन संगै पुन उदयपुरेहरु संगठित भएका हुन् ।
उदयपुरबाट कुवेतमा आई विभिन्न कम्पनीमा काम गर्दै आएका आफ्ना जिल्लाबासीलाई समस्या परेको बेलामा आपसी सहयोग भाईचारा तथा एकताको उद्देश्यले स्थापना भएको संस्थाको दोस्रो अधिवेशनले इन्द्र अछामीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
समितिको महिला उपाध्यक्ष देवि मगर, महासचिव हरि बहादुर राउत, सचीव बिदुर कार्की, कोषाध्यक्ष चन्द्र कुमारी मगर, महिला संयोजक पवित्रा पुडासैनी र प्रबक्तामा रिता राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा महेश अधिकारी, पृतम खनाल, बालिका बिक, फर्स बहादुर कार्की ( बचत सह संयोजक ), दिपेन्द्र बहादुर राउत, राकेश राई संजय कार्की, अग्नि राई, तिलक श्रेष्ठ, राजन रौनियार, दिपेद्र कुमार भगत, पुष्प राज बस्नेत, धन कुमारी कार्की राउत दुर्गा धमला, लन्कमान तामाङ, ज्ञान बहादुर राउत, जीवन लाखे, जानुका माया श्रेष्ठ, दिपक आले, जीवन रौनियार कुमार राई, उज्जल रौनियार, रुवि रौनियार त्यसैगरी सल्लाहकारहरुमा सस्थापक अध्यक्ष उमेश पुडासैनी, हेमा पुडासैनी, प्रदीप बिक रहनु भएको छ ।
अधिवेशन संस्थापक अध्यक्ष राजन चाम्लिङ राईको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रममा नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीको प्रमुख अतिथि र (घले समूह) एनआरएनए परोपकारी समाजका कुवेतका अध्यक्ष धिरेन सुवेदी प्रमुख आतिथ्यता र हिमाली संचार मिडियाका हरि बानियाँ रहनु भएको थियो ।
मिलीजुली समाजले उदयपुरको बिभिन्न ठाउँमा बेला बेला सामाजिक सहयोग समेत गर्दै आएको छ ।