उपाहार न्यूज
उदयपुर पौष २२
उदउपुरको वेलका नगरपालिकामा आयोजित निःशुल्क तीन दिने आँखा शिविर शुक्रबार बाट सम्पन्न भएको छ । मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग तथा वेलका नगरपालिकाको आयोजनामा बुधबार देखि आयोजित आँखा शिविर शुक्रबार सम्पन्न भएको हो ।
आँखा शिविरमा बेलका नगरपालिका क्षेत्रका विभिन्न स्थानबाट एक हजार ७४ जना ले निःशुल्क आँखा जाँच गराएका थिए । आँखा जाच गराएका माध्य २४६ जनाको शिविरमानै निःशुल्क शल्यक्रिया गरिएको मेची आँखा अस्पतालका आउटरिच अफिसर कविता कार्की कडरियाले जानकारी दिनु भयो ।
शिविरमा विशेषगरी मोतियाविन्दु, आँखामा एैजेरु पलाएकाहरुको निःशुल्क अप्रेशन गरिएको हो कार्कीले बताउनु भयो । नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित आँखा शिविरबाट आफुहरुले राम्रो सेवा पाएको मैनामैनीबाट आएका सेवाग्राहि धन बहादुर कार्कीले बताउनु भयो । विगतमा पनि आँखा शिवरबाट आफुले सेवा लिएको र यस पटक पनि आफ्नै घरदैलौमा आएको सेवाबाट आफु लगायत बृद्ध बृद्धाले सेवा पाएको प्रति खुसी व्यक्त गर्नु भयो ।
बुधबारबाट सुरु भएको शिविरको एक कार्यक्रमका विच नगर प्रमुख अशोक कार्की र पुर्व नगर प्रमुख दुर्गा कुमार थापाले संयुक्त रुपमा गर्नु भएको थियो । सिविरको उद्घाटन गर्दै नगर प्रमुख अशोक कार्कीले बेलका नगरपालिकामा आखाको उपचार बाट कोहि नागरिक बन्चित नगराउने उदेश्यले शिबिर सन्चालन गरिएको बताए । विगत बर्षहरु देखि आयोजना गर्दै आएको शिविरबाट स्थानिय नागरिकहरुले राम्रो लाभ उठाएको नगर प्रमुख कार्कीले बताउनु भयो उहाँले शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।शिविरमा सहभागीहरुको नगरपालिकाको सहयोगमा अप्रेशन, औषधि तथा चश्मा समेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा मेची आँखा अस्पताल झापाका नेत्र रोग विशेषज्ञ डा. पुरुषोत्तम जोशी, आउटरिच अफिसर कविता कार्की कडरिया, नेत्र अधिकृत होम प्रसाद धिताल, वर्षा गौतम, दुर्गा राजवंशी, श्रवण कुमार लोध आई हेल्थ वर्कर मनकुमारी सार्की, मञ्जु प्रधान, मनिषा योङहाङ, कल्पना राई, प्रमिला धिमाल, प्रमिला राजवंशी, कल्पना भट्टराई सवारी चालक दुर्गा विक, मषि शंक र अप्टिसियन अस्मित दाहाल सहित १४ जनाको टोली वेलका आईपुगेको हो ।






