विश्वराज तामाङ
उदयपुर भाद्र २१
उदयपुरको कटारी नगरपालिकामा नगरको कामलाई पारदर्शी, नतिजामुलक, सेवाग्राहीमैत्री सरल र प्रभावकारी संगै प्रविधिमैत्री बनाउनको लागि कार्य सम्पादन सम्झौता गरिएको छ । निजामती सेवा दिवश २०७९ को अबसर पारेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र बिषयगत शाखाका प्रमुखहरु विच कार्य सम्पादन सम्झौता गराईएको हो । कार्यालयको सुशासन पारदर्शी र निजामती सेवालाई प्रभावकारी कार्य सम्पादनको लागि उत्प्रेरित गर्नका लागि कार्य सम्पादन सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले जानकारी दिनु भयो । कार्यालय प्रमुख र बिषयगत शाखाका प्रमुख विच कार्य सम्पादन सम्झौता गरी काम गर्ने निजामती सेवा ऐनमै व्यवस्था भएकाले त्यसलाई कार्यान्वयन गर्ने काम गरिएको राईले बताउनु भयो ।
निजामती सेवा ऐनमा कार्य सम्पादन सम्झौता गरिनु पर्ने भए पनि यसलाई कमै मात्र सरकारी निकायहरुले प्रयोगमा ल्याउने गरेको छ । प्रशासनिक सेवालाई प्रभावकारी बनाउनको बिषयग शाखा प्रमुख संग सम्झौता गर्न पूर्व प्रमुख प्रशासकिय अधिकृत अनिल किराती र नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ विच पनि सम्झौता गरिएको थियो ।

नगरपालिकामा बर्ष भरी गरिने कामको विवरण सहित नगर प्रमुख र प्रशासकीय अधिकृतको विचमा सम्झौता गरियो यस किसिमको कामले कर्मचारी जिम्मेबार हुने र नागरिकले सहज सेवा पाउनेमा आफु विश्वस्त रहेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
निजामती सेवा दिवश २०७९ को अबसर पारेर कटारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, भूमि, रोजगार, विपद, योजना, जिन्सी, लेखा, प्राविधक, सूचना प्रविधि, राजश्व, पंजीकरण, आयुर्वेद, सामाजिक मनोपरामर्श शाखा सम्झौता गरिएको छ ।

बिषयगत शाखा लाई बर्ष भरीको बिषयगत जिम्मेबारी सहित सम्झौता गरिएको छ, सम्झौता गरिएको शाखाका कर्मचारी संग प्रत्येक महिनाको पहिलो सोमबार समिक्षा बैठक हुने गर्छ त्यसैमा महिनाभरीको कार्य प्रगति पेश हुने र आवश्यक छलफल हुने अधिकृत किरातीले बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत राई थप्नु भयो कार्यालय संचालनको लागि एक जनाको मात्रै प्रयासले नहुने साझा प्रयत्नको लागि यसो गरिएको हो, कर्मचारीहरुमा काम गर्ने सवालका केहि समस्या भए त्यसमा आफुले पृष्ठपोष्ण गर्ने बताउनु भयो ।
यस किसिमको कामबाट कर्मचारीहरुलाई आफ्नो जिम्मेबारी र कार्यालयमा काम गर्दा अन्यौलता पैदा नहुने भएकाले यो विधि प्रभावकारी हुने कटारी नगरपालिकाका राजश्व शाखाका कर्मचारी हिरालाल दनुवार बताउनु हुन्छ । ९ बर्ष देखि कटारी नगरपालिकामा कार्यरत दनुवार विगतमा कार्य जिम्मेबारी दिईए पनि सम्झौतानै पहिलो पटक गरिएको बताउनु हुन्छ ।

यसबाट कर्मचारीहरुले जिम्मेबार हुने र प्रशासनिक काममा सुधार आउने विश्वास गरिएको दनुवारको बुझाई रहेको छ । कटारी नगरपालिकामा कार्यरत ११२ जना कर्मचारीलाई पनि प्रत्येकलाई जिम्मेबारी प्रदान गरिएको छ, जिम्मेबारी पाएका कर्मचारीहरुले आफ्नो कार्य विवरण अनुसार काम गर्ने र मासिक रुपमा प्रगति प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ । नगरपालिकाले अब बिषयगत शाखा र कार्यरत कर्मचारी संगै नगरपालिका भित्रका १४ वटै वडाका वडा सचिवहरु संग पनि कार्य सम्पादन सम्झौता गरिने अधिकृत किराती बताउनु हुन्छ ।
यो कार्य कटारी नगरपालिकामा पहिलो पटक कार्यान्वयन गरिएको र आगामी बर्ष देखि प्रत्येक काम विवरणको अंक सहित सम्झौता गर्ने र कार्य सम्पादन मुल्यांकनको आधारमा कर्मचारीलाई पुरस्कृत समेत गर्ने योजना रहेको अधिकृत किराती बताउनु हुन्छ ।
तस्बीरहरु ः प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीको फेसबुकबाट