Upahar News शनिबार, कार्तिक २२ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.
३.
१.
२.
३.

उदयपुर २ (क) मा एविराज राईको चर्चा

  • उपहार न्यूज
  • मंगलबार, भाद्र २१ २०७९
उदयपुर २ (क) मा एविराज राईको चर्चा

उपाहार न्यूज
उदयपुर भाद्र २१
आसन्न मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि उदयपुरमा उम्मेदवार को बन्ने भन्ने बिषयमा सरगर्मी सुरु भएको छ । प्रदेश तथा संघिय निर्वाचनमा उम्मेदवार बन्न नेताहरु दौडधुपमा रहेका छन् । उदयपुरको प्रदेश सभा २ (क) मा गठबन्धनबाट माओवादीले शसक्त दाबी संगै उम्मेदवारको नाम सिफारिस गरिएको छ ।
माओवादीले प्रदेश २ (क) मा युवा नेता एविराज राईलाई पहिलो नम्बरमा प्रदेश सभाको लागि सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा पनि प्रदेश सभाको उम्मेदारको आकाक्षी राई गत स्थानिय तहको निर्वाचनमा रौतामाई गाउँपालिका अध्यक्षको लागि आफ्नो शसक्त दाबेदारी प्रस्तुत गर्नु भएको थियो ।
माओवादी केन्द्रको प्रदेश कमिटि सचिवालय सदस्य, वाईसिएल प्रदेश नम्बर १ को इन्चार्ज केन्द्रिय उप महासचिव राई युवाहरु माझ लोकप्रिय युवा नेता हुनुहुन्छ । माओवादी केन्द्रले एविराज राई संगै कृष्ण निरौला, देब गिरी, नारायण बुर्जामगरको नाम प्रदेश सभामा सिपारिस गरेको छ ।

Last updated:2022 Sep 06 Tuesday 13:48:35

प्रतिक्रिया
सम्बन्धित समाचार