Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

त्रियुगा नगरपालिकाको १०० दिनको २९ उपलब्धी सार्वजनिक

  • उपहार न्यूज
  • सोमबार, भाद्र २० २०७९
त्रियुगा नगरपालिकाको १०० दिनको २९ उपलब्धी सार्वजनिक

उपाहार न्यूज
उदयपुर भाद्र २०
त्रियुगा नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको १०० दिन अवधिको उपलब्धी सार्वजनिक गरिएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचन पश्चात नगरपालिको कार्यभार सम्हालेका नगर प्रमुख बसन्तकुमार बस्नेत र उप प्रमुख महेश्वरी राईले नगरको १०० दिनको उपलब्धी सार्वजनिक गर्नु भएको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै १०० दिनमा नगरपालिकाले गरेका विभिन्न २९ कामहरुको मुख्य अंश सार्वजनिक गरिएको हो । नगरपालिकालाई भ्रष्टचारमुक्त र शुसासन युक्त बनाउनको लागि नगरपालिकाले गरेको कामहरु सार्वजनिक गरिएको नगर उपप्रमुख महेश्वरी राईले बताउनु भयो ।
त्रियुगा नगरपालिकाले विशेषगरी सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वडा वडामानै पु¥याउने, अव्यवस्थित बजारलाई व्यवस्थापन गर्ने लगायतका कामहरु १०० दिनको अवधिमा गरिएको नगर प्रमुख बसन्त बस्नेतद्धारा प्रस्तुत प्रगति प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
नगरपालिकाले सार्वजनिक गरेको २९ बुदे उपलब्धीका बुदाहरुमा विगतका जनप्रतिनिधिहरुले संचालन गर्दै आएको कार्यक्रमहरुलाई निरन्तरता पाएको बरिष्ठ पत्रकार कौशल चेम्जोङले टिप्पणी गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले गर्नु भएको थियो ।

Last updated:2022 Sep 05 Monday 12:31:44

प्रतिक्रिया
सम्बन्धित समाचार