उपाहार न्यूज
उदयपुर भाद्र १८
कार्य सम्पादन मुल्यांकनको आधारमा उदयपुरको चौदण्डिगढी नगरपालिकाले नगरपालिकामा कार्यरत सात जना कर्मचारीलाई पुरस्कृत गरेको छ । कार्य सम्पादन मुल्यांकनको आधारमा पुरस्कृत हुने कर्मचारीहरुमा लेखा शाखा प्रमुख अम्बरबहादुर मगर, प्रशासन तथा जिन्सी शाखाका नेत्रबहादर बि.क., वडासचिवहरु मध्येबाट वडा नं. १ का सचिव भोजराज अधिकारी र वडा नं. ९ का सचिब केशब बन्जारा पुरस्कृत भएका थिए ।
यता नगर अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरु नगर अस्पताल बेल्टार प्रमुख डा. नन्दनकुमार साह, स्वास्थ्य चौकी बसाह प्रमुख सी.अ.हे.व. शम्भुप्रसाद नेपाल र स्वास्थ्य चौकी सुन्दरपुर अ.हे.व. करिश्मा सुबेदी रहेका छन । पुरस्कृत कर्मचारीहरुलाई नगद पुरस्कार सहित कदर पत्र बाट नगर प्रमुख कालुमान लामा र उप प्रमुख मणिकादेवी दुलाले सम्मान गर्नु भएको थियो ।