Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रदेश सरकार संघ र स्थानिय संग समन्वय गर्दै विकास गर्दैछ ः मन्त्री कार्की

  • उपहार न्यूज
  • बिहिबार, भाद्र ९ २०७९
प्रदेश सरकार संघ र स्थानिय संग समन्वय गर्दै विकास गर्दैछ ः मन्त्री कार्की

उपाहार न्यूज
उदयपुर भाद्र ९
प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले प्रदेश सरकारले संघ र स्थानिय दुवै सरकार संगको समन्वयमा मझौला विकासका कामहरु गरिरहेको बताउनु भएको छ । उहाँले संघिय सरकारको ध्यान नपुगेको र स्थानिय सरकारको बजेटले नपुग्ने मझौला विकासका योजनाहरुलाई प्रदेश सरकारले आफ्नो प्राथमिक्तामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
बिहिबार उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीमा देउरी खोला पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारको बिषयमा हुनेगरेका विभिन्न टिक्का टिप्पणी र औचित्य माथि प्रश्न उठ्न थालेकाले प्रदेश सरकारको आवश्यक्ताको बिषयमा यस्तो औल्याउनु भएको हो ।
उहाँले प्रदेश सरकारले स्थानिय र संघ सरकार संगको समन्वयमा साना देखि ठूला विकासका माग र आवश्यक्तालाई संबोधन गरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि जनताको मागलाई प्रदेश सरकारले प्राथमिक्ता दिने बताउनु भयो ।

 

Last updated:2022 Aug 25 Thursday 05:14:37

प्रतिक्रिया
सम्बन्धित समाचार