Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

विराटनगर घोषणापत्र जारी गर्दै कर्मचारी युनियनको प्रदेश सम्मेलन सम्पन्न

  • उपहार न्यूज
  • आइतबार, जेष्ठ २२ २०७९
विराटनगर घोषणापत्र जारी गर्दै कर्मचारी युनियनको प्रदेश सम्मेलन सम्पन्न

उपाहार न्यूज
विराटनगर जेठ २२
शुक्रबार देखि जारी नेपाल निजामती कर्मचारी युनियनको प्रदेश नम्बर १ स्तरीय प्रदेश सम्मेलन ४१ बुदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । ‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ सुरु भएको सम्मेलनको एक समारोहका विच नेपाली कांग्रेसका केन्द्रिय उप सभापती धनराज गुरुङले उद्घाटन गर्नु भएको थियो ।


विराटनगरमा आयोजित दुईदिने सम्मेलनमा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र २०७९ जारी गरिएको कर्मचारी युनियनका प्रदेश नम्बर १ का अध्यक्ष एव केन्द्रिय उपाध्यक्ष मान बहादुर वनले जानकारी दिनु भयो ।

संघिय सरकारले कर्मचारी मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन छिट्टै जारी गर्नुपर्ने, नेपाल निजामती कर्मचारी युनियनले दिएको सुझावअनुरुप सबै सेवा समूहका सम्पूर्ण कर्मचारीको भावनाको कदर गरी प्रदेश निजामती सेवा ऐन जारी गराउन दबाबमूलक अभियान सञ्चालन गरिने घोषणपत्रमा उल्लेख गरिएको छ ।घोषणापत्रमा सबै सेवा समूहका कर्मचारीलाई सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था गर्न पहल गर्ने, कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पूर्वानुमानयोग्य बनाउन चक्रीय प्रणाली व्यवस्था गर्नुपर्ने, कर्मचारी स्वेच्छिक अवकाश योजना पुनःकार्यान्वयमा ल्याउनुपर्ने, विनाधितो नेपाल सरकारले छुट्टै कोषको व्यवस्था गरी शून्य प्रतिशत ब्याजदरमा रु ५० लाखसम्मको सहुलियत ऋणको व्यवस्था हुनुपर्ने, कर्मचारीलाई न्यूनतमरुपमा मर्यादित जीवन निर्वाह गर्न पुग्नेगरी तलबभत्ताको व्यवस्था गर्नुपर्ने तथा तलब भत्ता स्वचालित रुपमा वृद्धि हुने प्रणाली ऐनमा नै उल्लेख हुनुपर्ने जस्ता बुँदा घोषणापत्रमा उल्लेख छन् ।
सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डे, नेपाल सरकारका सह सचिव लक्ष्मी प्रसाद पौडेल गायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा युनियनका केन्द्रिय अध्यक्ष गोपाल पोख्रेल, बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल लागयत युनियनका केन्द्रिय तहका नेताहरुको समेत सहभागीता रहेको थियो ।

Last updated:2022 Jun 05 Sunday 11:05:00

प्रतिक्रिया
सम्बन्धित समाचार