Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

उदयपुर गाईघाटमा यी ४ सर्थ पुरा गरेपछि आफ्नै सवारीसाधनबाट लाइसेन्स ट्राईल परीक्षा दिन पाइने

  • उपहार न्यूज
  • बुधबार, फाल्गुन ४ २०७८
उदयपुर गाईघाटमा यी ४ सर्थ पुरा गरेपछि आफ्नै सवारीसाधनबाट लाइसेन्स ट्राईल परीक्षा दिन पाइने

उपहार न्यूज
उदयपुर, फगुन ४
उदयपुर गाईघाटमा आफ्नै सवारीसाधनबाट लाइसेन्स ट्राईल परीक्षा दिन पाइने भएको छ । उदयपुरमा सञ्चालित सवारी साधन चालक अनुमति पत्र (लाईसेनस)का लगि यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले मंगलबारे सूचना जारी गर्दै फागुन ५ गतेदेखि नियम लागू नुने जनाएको हो । चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा आफ्नै सवारी साधनबाट परीक्षा दिन पाउनुपर्ने सर्वसाधरणको माग गर्दै आएका थिए ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटका प्रमुख सुभाष कार्कीले अनुसार परीक्षामा सहभागी हुने व्यक्तिहरुले आफ्नै सवारीसाधन प्रयोग गर्दा तोकिएको चार सर्तहरु भने पूरा गर्नुपर्ने छ । लाइसेन्सका लागि ट्राईल परीक्षामा प्रयोग गर्न पाइने सवारीसाधनको हकमा उल्लेख भएका चार सर्तमध्ये व्लूबुक नवीकरणलाई कार्यालयले पहिलो प्राथमिकता दिएको छ । अर्थात ब्लुबुक नियमित नवीकरण नगरीएको सवारीसाधनबाट प्रयोगात्मक परीक्षा दिन पाइने छैन । त्यस्तै परीक्षामा सहभागी हुन ल्याइएको सवारीसधानको तेस्रो पक्ष बीमा अनिवार्य गर्नेपर्ने भएको छ ।

बीमा नगरिएको सवारीसाधनबाट ट्राईल दिन नपाइने कार्यालय प्रमुख कार्कीले जानकारी दिए । सर्तहरुको बुँदा ३ मा प्रयोगात्मक परीक्षा (ट्राईल) दिन आउँदा अनिवार्य सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएका व्यक्तिसँग आउनुपर्ने छ । चौथो बुँदामा भने सवारी साधन सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यबिधि निर्देशिका, २०७७ ले निर्दिष्ट गरेको मापदण्डबमोजिम हुनुपर्ने सूचना उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार