Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

प्रदेश १ मा १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जना संक्रमण मुक्त

  • उपहार न्यूज
  • मंगलबार, माघ ४ २०७८
प्रदेश १ मा १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जना  संक्रमण मुक्त

उपाहार न्यूज
उदयपुर, माघ ४

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण भएको हो । पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८६, झापामा १२६, मोरङमा ४४८, धनकुटा र इलाममा ५–५, भोजपुर र उदयपुरमा ४–४, ताप्लेजुङमा २,संखुवासभामा ३, सोलुखुम्वु तेहृथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ६७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार