उदयपुर, पुस २४ ।
हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाईसहितको रियालीटि शो ‘द भ्वाईस अफ किड्स नेपाल प्रथम सिजनका लागि जेनिश उप्रेतीको नाम नौलो पक्कै होईन । सुमधुर स्वरकै कारण उनी पछिल्लो चरणको प्रतिस्पर्धा पार गर्दै फाईनल यात्रा तय गरेका छन् अर्थात उनी अब फाईनलमा प्रवेश गरीसकेका छन् ।
भर्खरैं सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको लाईभ शो सेमिफाईन राउण्ड पार गर्दे जेनिशले फाईनलको यात्रा पक्का गरेका हुन् । सिजन वानमा दमदार प्रस्तुति दिदै दर्शक तथा कोचको मन जित्दै आएका मकवानपुरे जेनिस उप्रेती उत्कृष्ट ८ मा पर्न सफल भएका छन् । दर्शकको भोटको आधारमा टिम प्रमोदमा रहनु भएका जेनिश उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् । जेनिस भ्वाइस अफ किड्सको उत्कृष्ट १६ मा थिए । हिजो राती ८ बजेसम्म दर्शकले गरेको भोटको आधारमा जेनिश उत्कृट ८ मा परेका छन् । दर्शकको भोटको आधारमा आज ८ जना बाहिरिएका छन् ।
जेनिश संगैं ८ जना फाईनल राउण्डमा प्रवेश गरेका छन् । अब जेनिशलाई द भ्वाईस किड्सको उपाधी जित्न दर्शकको माया साथसाथै अत्याधिक भोटको समेत आवश्यक पर्दछ । फाईनल राउण्डमा प्रवेश गरेपछी दर्शक र निणर्ायकलाई आभार व्यक्त गर्दै जेनिशले आफुलाई भोट गरेर उपाधी जिताउन सहयोग गर्न अनुरोध गर्नुभएको छ । जेनिश लोकप्रिय गायक प्रमोद खरेलको टिममा रहेका छन् ।
को हुन् जेनिस ?
जेनिसको जन्म विस २०६७ सालमा हेटौंडा उपमहानगरपालिका वडा नं. १९ बस्तिपुरमा भएको हो । उहाँको आमा केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । जेनिशको बुवा बैदेशिक रोजगारीमा खाडी मुलुकमा हुनुहुन्छ । चार बषकै उमेरमा गीत गाउन शुरु गर्नुभएको जेनिस अहिले ११ बर्षको हुनुभयो । जेनिशका बुबाु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ । सानै उमेरमा आमाको साथ गुमाएका जेनिस अहिले काका रेमश उप्रेतीसंगै चितवनमा बस्दै आउनुभएको छ ।
उहाँ अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । जेनिशका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गर्नुभएको थियो । द भ्वाइस अफ किड्सको छोटो सयममा नै कोच फर्काउन सफल भएका जेनिस पहिलो सिजनको प्रमुख उपाधि दाबेदारका रुपमा समेत लिइएको छ । उहाँले ब्ल्याण्ड राउण्डमा उदित नारायण झा र दीप नारायण झाको स्वरमा रहेको “ए मरो हजुर” बोलको गीत गाउँदै चारैजना कोचलाई आफूतिर फर्काउनु भएको थियो । त्यस्तै ब्याटल राउण्डमा जेनिसले दिप्सन खत्री र निमेश शर्मालाई पछि पार्दै लाइभ राउण्मा प्रवेश गनुभएको थियो ।
जेनिशले ब्याटल राउण्डमा उदित नारायणकै स्वरमा रहेको “यो गाउँको ठिटो म” बोलको गीत गाउनु भएको थियो । पछिल्लो लाईभ राउण्डमा प्रमोद खरेलले गाउनु भएको …..यो कुरा गोप्य नैं राखौंला …. बोलको गित गाउनु भएको थियो । आज भएको सेमिफाईनल राउण्डमा जेनिशले आनन्द कार्कीले गाउनु भएको जनम जनम ज्युउला संगैं …. बोलको गित गाउनुभएको थियो । जेनिस दुईपटक द भ्वाइस अफ नेपालको उपाधी जिताउन सफल टिम प्रमोदको टिम रहेका छन् । कोच प्रमोदको टिममा जेनिससंगै, सिम्रन आले, दर्शिल पन्त र रुक्साना लिम्बु रहेका छन् । ४ जनाबाट आ २ जना फाईनल प्रवेश गरेका छन् भने कोच प्रमोदको टिमबाट कमभोट ल्याउने दुई जना प्रतियोगिताबाट बाहिरिनु भएको छ । अब जेनिसले टिम प्रमोदबाट द भ्वाइस अफ नेपाल किड्सको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
उपाधि जित्नको लागि कोचको कुनै हात हुने छैन । दर्शककै साथ, सहयोग र भोटको आवश्यकता पर्दछ । हेटौडामा जन्मेको दुई बर्षमा जेनिशलाई आमाले झापा मामाघर लिएर जानु भएको थियो । त्यसपछि जेनिशको करिब ८ बर्ष मामाघरमै बित्यो । सोही क्रममा जेनिशले संगीतको कक्षा पनि लिनुभएको थियो । जेनिसका अभिभावक रमेश उप्रेतीका अनुसार जेनिशले संगीत सिक्न थालेको चार बर्ष भइसकेको छ । जेनिशको संगीतमा लगाब भने ४ बर्षको उमेरदेखि नै थियो । कसरी भोट गर्ने ? जेनिसालाई भोट गर्नको लागि खाल्ती एप्स डाउनलोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक दिनमा एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।