Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अटो र सिटी चालकहरुलाई एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

  • उपहार न्यूज
  • बुधबार, मंसिर १ २०७८
अटो र सिटी चालकहरुलाई एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न

उपहारन्यूज – उदयपुर, मंसिर १ ।
उदयपुरमा अटो टेम्पो तथा सिटी सफारी चालकहरुलाई अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बिभिन्न रुटमा सञ्चालन हुदै आएका सिटी र अटोका चालकलाई सवारी नियम र दुर्घटना न्यूनीकरणार्थ अपनाउन सकिने उपायहरुबारे सामूहिक छलफलसहित अन्तरक्रिया भएको हो ।

सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्कको निर्माणधीन भवनमा आयोजित कार्यक्रममा सिटी तथा अटो व्यवसायीहरुको छाता संगठन सिटी स्टार यातायात प्रालीमा आबद्ध चालकहरुको सहभागिता रहेको थियो । जेसिज उदयपुरले आयोजना गरेको सो कार्यक्रम साना संख्यामा यात्रु बोक्ने अटो र सिटी चालकहरुलाई नागरिकसँगको व्यवहार, भाँडादर र दायित्वबारे सचेतना गराइएको अध्यक्ष सर्मिला थापा ‘सबु’ले बताइन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुवासचन्द्र बोहराले चालकहरुले आफ्नो व्यवसायिक फाईदा मात्र नहेरेर सामाजिक दायित्व समेत बहन गर्नुपर्ने धारणा राखेका थिए । पछिल्लो समय सार्वजनिक साना सवारीसाधनको प्रयोग गरेर बिभिन्न अपराधिक घटना हुने क्रम बढेकाले सुरक्षाको दृष्टिकोणबाट समेत सचेत हुन एसपी बोहराले आग्रह गरेका थिए ।

यता चालकहरुको तर्फबाट प्रतिनिधिमूलक भनाई राख्ने क्रममा चालक नारायण दाहालले पेट्रोलियम पदार्थको मूल्य बृद्धि आकासिएको बेला पनि आफूहरुले साविककै दरमा यात्रुलाई सेवा दिइरहनु परेको गुनासो गरे । त्यस्तै सडक छेउ र यात्रु हिड्न बनाइएको पेटीमा जथाभाबी सामानहरु राख्ने गर्दा सवारी दुर्घटना बढेको चालक दाहालको भनाई थियो । यस्ता अबरोधहरुलाई न्यूनीकरणका लागि स्थानीय सरकार र ट्राफिक प्रहरीलगायत निकायले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा दुई जना चालक सम्मानित समेत भएका छन् । लामो समयदेखि यातायात तथा ट्राफिक नियमको पूणर् पालना गर्दै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन सफल दुई चालक सम्मानित भएका हुन् ।

जेसिज उदयपुरका महासचिव विष्णु कार्कीका अनुसार नियमपूर्वक सवारीचालक अनुमतिपत्र (लाईसेन्स) लिई एक वर्षभरी कुनै पनि दुर्घटना नगराएका चालकद्धोय देवीमाया कार्की र पूणर्बहादुर केप्छाकी मगरलाई हौसलास्वरुप सम्मान गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख सुवासचन्द्र बोहरा र प्रवक्ता बेदप्रसाद गौतमले खादा र अविरसहित सम्मान गरेका थिए ।

त्यस्तै उदयपुर प्रहरी प्रमुख एसपी बोहरा, प्रवक्ता गौतम, जिप्रका उदयपुमै कार्यरत प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज सई लिला श्रेष्ठलगायतलाई पनि मायाको चिनो बितरण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार