Upahar News सोमबार, साउन ११ २०८३

ताजा अपडेट

धेरै पढिएको

१.
२.
३.
१.
२.

अर्ना नाईटमा झुम्यो गाईघाट (फोटो फिचर)

  • उपहार न्यूज
  • शुक्रबार, कार्तिक १९ २०७८
अर्ना नाईटमा झुम्यो गाईघाट (फोटो फिचर)

उपाहार न्यूज
गाईघाट चिसो हुदै गएको मौसम बुधबार साझ भने गाईघाटमा सांगीतिक माहोलले तातिएको थियो । दिपावलीको अबसर पारेर गाईघाट स्थित होटल टाउन हलमा आयोजना गरिएको म्युजिकल नाईटमा गाईघाटका तन्नेरीहरु सांगीतिक माहोलमा रमाएका थिए ।
लामो समय पछि सांगीतिक माहोल तताउने काम यति ब्रअरी प्रा.लि र होटल टाउन हलले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमले जराएको थियो । नेपाली बजारमा अर्ना जस्ता उत्कृष्ट पेय पदार्थ उत्पादन गर्दै आएको यति ब्रअरी संगको संयुक्त आयोजनामा टाउन हलले सांगीतिक साझको आयोजना गरेको हो । कार्यक्रममा चर्चित गायक डम्बर नेपाली, श्रीकृष्ण लुईटेल, फिरोज बस्नेत, टम्पेर राईले सांगीतिक प्रस्तुती राखेका थिए । स्थानिय स्तरमा उत्कृष्ट प्रस्तुती दिदै उदाउदै गरेको न्यू स्प्रीङ व्याण्डले लाईभ प्रस्तुती गर्दा इटहरीको युनिभर्सल डान्स ग्रुपले आधा दर्जन बढि विभिन्न उत्कृष्ट नृत्य प्रस्तुत गरेको थियो ।
अघिल्लो बर्ष देखि विभिन्न अबसर पारेर आफ्ना ग्राहकहरुलाई मनोरञ्जन दिने उद्देश्यले नियमीत कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने आयोजक होटल टाउन हलका संचालक सुरज साह र ईश्वर राईले बताए । स्थानिय आयोजकहरुलाई विभिन्न समयमा प्रायोजन गर्दै कार्यक्रमलाई उत्कृष्ट ढंगले संचालन गर्दै आएको र आगामी दिनमा पनि गाईघाट क्षेत्रमा हुने कार्यक्रममा सहयोगी भुमिकामा रहदै आउने यति ब्रअरी प्रालि गाईघाटको आधिकारिक विक्रेता प्रतिनिधि प्रदिप देउजाले बताए ।

Last updated:2021 Nov 05 Friday 15:36:03

प्रतिक्रिया
सम्बन्धित समाचार